Janakpurdham
Wed, Mar 25, 2026
`

प्रचण्डलाई चितवनबाट लखेटेर गोरखा पठाएका रवि उनकै अन्डरको सरकारमा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं - राजनीति बडो विचित्रको हुन्छ । दुई महिनाअघिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई चितवन ३ मा उठ्नसमेत नदिएर गोरखा २ जान बाध्य बनाएका रवि लामिछाने अहिले उनकै अन्डरमा बसेर काम गर्नुपर्ने अवस्थामा पुगेका छन् ।प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सामेल हुँदैछ । उनकै नेतृत्वमा पार्टी सरकारमा जाने भएको छ । चितवन ३ मा प्रचण्ड उठेमा आफू पनि त्यहीँबाट उठ्ने भन्दै लामिछानेले तयारी गरेका थिए ।यदि लामिछाने उठेमा आफू पराजित हुने सम्भावना देखेरै प्रचण्ड गोरखा २ पुगेका थिए । प्रचण्ड गोरखा गएपछि लामिछाने पनि चितवन २ मा गए । चितवन ३ मा विक्रम पाण्डेले चुनाव जिते ।चितवन २ बाट ४९ हजार मत ल्याएका लामिछाने अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन लागिपरेपछि हिजो घन्टी घन्टी भन्दै हिँडेकाहरूले पश्चाताप गरेका छन् ।आखिरमा रवि पनि कम्युनिस्ट नै रहेछन् भनेर चर्चा हुन थालेको छ । केपी ओली र प्रचण्डले बोलाउँदैमा खुरुक्क बालकोट पुग्ने रवि लामिछानेको हैसियत अबको निर्वाचनले देखाउने निश्चित छ । किनभने उनले पाएको मत सबै कांग्रेसको नै हो ।कांग्रेसमा असन्तुष्टिको फाइदा उठाएर २० सिट जितेका लामिछानेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उनको आलोचना हुन थालेको छ । रवि र छवि (प्रचण्ड) दुवैलाई देवत्वकरण गर्नेहरू अहिले लोकतान्त्रिक पार्टी कांग्रेसलाई चुनावमा पाखा लगाएमा पश्चाताप गर्न थालेका छन् ।अब प्रचण्डको सरकारमा रविले के गर्लान् भन्ने चासो चौतर्फी देखिएको छ । प्रचण्ड लहडमा निर्णय गर्ने नेता हुन् । उनको रिमोट कन्ट्रोल केपी ओलीको हातमा छ ।हिजो ओली र प्रचण्डलाई सत्तोश्राप गर्ने रवि अहिले उनकै अन्डरमा चल्न थालेपछि रास्वपामा ठूलो असन्तुष्टि देखिएको छ । गणेश कार्कीलगायतका नेताहरूले रविको निर्णयप्रति आपत्ति जनाएका छन् ।साभार : मिडिया डबली

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

57 मिनट पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

59 मिनट पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

24 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

24 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले