फूल और काँटेको रिमेक चाहन्छन् अजय
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बई। बक्सअफिसमा कैयौं हिट फिल्म दिएका अभिनेता अजय देवगनले सन् २०२२ मा ‘दृश्यम २’ जस्तो ब्लकबस्टर फिल्म दिएर बलिउडका सुपरस्टार हुन् भन्ने साबित गरिदिए।रिमेकको यो ट्रेण्डमा अजय अब आफ्नो डेब्यू फिल्म ‘फूल और काँटे’को रिमेक चाहन्छन्। हाल दिन नयाँ फिल्म ‘भोला’को तयारी गरिरहेका छन्।फिल्म ‘दृश्यम २’को प्रमोसन गर्न रेड एफएम पुगेका अजयलाई आरजे मलिष्काले ‘तपाईंको कुन फिल्म रिमेक गर्न चाहनुहुन्छ?’ भनी सोधेकी थिइन्। जवाफमा उनले कसैले उनको सन् १९९१ को फिल्म ‘फूल और काँटे’को रिमेक बनाएको हेर्न चाहेको बताएका थिए।‘यसका लागि मैले केही अभ्यास गर्नुपर्नेछ । खास गरी फिल्मको फाइट सिक्वेन्सका लागि मैले एक डेढ महिना अभ्यास गर्नुपर्छ’, उनले भने। फिल्म ‘फूल और काँटे’मा अभिनेत्री मधु पनि देखिएकी थिइन् । फिल्मको कथा, गीत र एक्सनलाई दर्शकले खुबै मनपराएका थिए।साभार : डिसी नेपाल
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
2 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
2 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
3 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
3 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
4 दिन पहिले