सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बई। अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ। कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन्।आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन्। चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ। सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन्। तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक योग्यताका बारे थाहा छ। यहाँ उनीहरुको शैक्षिक योग्यताका बारेमा उल्लेख गरिएको छ
सलमान खान
अभिनेता सलमान कलेज ड्रप आउट हुन्। उनले आफ्नो सुरुवाती पढाई ग्वालियरको सिन्धिया स्कुलबाट गरेका थिए। त्यसपछि उनलाई पिता सलिम खानले मुम्बई बोलाए। मुम्बईमा सेन्ट स्टेनिसलस स्कुलमा उनी भर्ना भए। यहाँबाट स्कुल शिक्षा पुरा गरेपछि मुम्बईको सेन्ट जेवियर कलेजमा भर्ना भए। तर अभिनयमा पाइला चालेपछि उनले आफ्नो ग्रयाजुएसन बीचमा नै छोडदिए।
अरबाज खान
अभिनेता अरबाजले ग्वालियरको सिन्धिया स्कुलमा आफ्नो पढाई पुरा गरेका छन्। यद्यपि उनले स्कुलपछि निर्देशनमा पाइला चाले।
सोहेल खान
अभिनेता सोहेल खानले मुम्बईको स्टेनिसलस स्कुलबाट १२ कक्षासम्म पढेका छन्। सोहेल पाइलट बन्न चाहन्थे, यसका लागि उनले पाइलट तालिम कोर्षको लागि निवेदन पनि दिएका थिए। तर कमजोर दृष्टिका कारण उनी भर्ना हुन पाएनन्।
अर्पिता खान
सलमानकी बहिनी अर्पिताको पढाई अब्बल छ । उनले लण्डनको कलेज अफ फेसनबाट फेसन र मेनेजमेन्टको पढाई पुरा गरेकी छन् ।
अलविरा खान
सलमानकी अर्की बहिनी अलविराले फेसन डिजाइनिङमा ग्राजुएसन गरेकी छन्। उनी फेसन डिजाइनरसँगै फिल्म निर्मात्री पनि हुन्।
आयुष शर्मा
अर्पिताका पति आयुष शर्माले दिल्ली पब्लिक स्कुलबाट १२ पास गरेका छन्। आयुषको सुरुवातदेखि नै अभिनयप्रति चासो थियो। यही कारण उनले आफ्नो पढाई बीचमा नै छोडे।
सलिम खान
सलमानका पिता सलीमले इन्दोरको सेन्ट रफेल्स स्कुलबाट १२ पास गरेका हुन्। उनले होलकर कलेजबाट बीए र एमएसमेत गरेका छन्।
साभार : डिसी नेपाल
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
2 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
2 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
3 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
3 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
4 दिन पहिले