
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

मुम्बई। अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ। कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन्।आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन्। चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ। सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन्। तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक योग्यताका बारे थाहा छ। यहाँ उनीहरुको शैक्षिक योग्यताका बारेमा उल्लेख गरिएको छ
सलमान खान
अभिनेता सलमान कलेज ड्रप आउट हुन्। उनले आफ्नो सुरुवाती पढाई ग्वालियरको सिन्धिया स्कुलबाट गरेका थिए। त्यसपछि उनलाई पिता सलिम खानले मुम्बई बोलाए। मुम्बईमा सेन्ट स्टेनिसलस स्कुलमा उनी भर्ना भए। यहाँबाट स्कुल शिक्षा पुरा गरेपछि मुम्बईको सेन्ट जेवियर कलेजमा भर्ना भए। तर अभिनयमा पाइला चालेपछि उनले आफ्नो ग्रयाजुएसन बीचमा नै छोडदिए।
अरबाज खान
अभिनेता अरबाजले ग्वालियरको सिन्धिया स्कुलमा आफ्नो पढाई पुरा गरेका छन्। यद्यपि उनले स्कुलपछि निर्देशनमा पाइला चाले।
सोहेल खान
अभिनेता सोहेल खानले मुम्बईको स्टेनिसलस स्कुलबाट १२ कक्षासम्म पढेका छन्। सोहेल पाइलट बन्न चाहन्थे, यसका लागि उनले पाइलट तालिम कोर्षको लागि निवेदन पनि दिएका थिए। तर कमजोर दृष्टिका कारण उनी भर्ना हुन पाएनन्।
अर्पिता खान
सलमानकी बहिनी अर्पिताको पढाई अब्बल छ । उनले लण्डनको कलेज अफ फेसनबाट फेसन र मेनेजमेन्टको पढाई पुरा गरेकी छन् ।
अलविरा खान
सलमानकी अर्की बहिनी अलविराले फेसन डिजाइनिङमा ग्राजुएसन गरेकी छन्। उनी फेसन डिजाइनरसँगै फिल्म निर्मात्री पनि हुन्।
आयुष शर्मा
अर्पिताका पति आयुष शर्माले दिल्ली पब्लिक स्कुलबाट १२ पास गरेका छन्। आयुषको सुरुवातदेखि नै अभिनयप्रति चासो थियो। यही कारण उनले आफ्नो पढाई बीचमा नै छोडे।
सलिम खान
सलमानका पिता सलीमले इन्दोरको सेन्ट रफेल्स स्कुलबाट १२ पास गरेका हुन्। उनले होलकर कलेजबाट बीए र एमएसमेत गरेका छन्।
साभार : डिसी नेपाल

मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च ..
जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलक..
17 घन्टा पहिले
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
2 दिन पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
3 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
3 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
4 दिन पहिले