Janakpurdham
Tue, Mar 03, 2026
`

नेपालमा खुलेर लगानी गर्न भारतीय उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको विजनेश समिटलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरे ।सरकारले नीतिगत तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए । उनले सरकारले लगानीकर्ताको हितका लागि एकल विन्दु सेवा केन्द्र, लगानीमैत्री कानून तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको आश्वस्त पारे ।

निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रुपमा सरकारले चित्रण गर्दैसँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोहीअनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलको बारेमा जानकारी गराएका थिए ।नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उहाँले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने प्रचण्डको विश्वास थियो ।भारतीय कम्पनीको लगानी रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए ।भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपालको बृहत्तर हितका विषयमा महत्वपूर्ण छलफल भएको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

भारतका सङ्घीयमन्त्री पियूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताए । सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरू एकै परिवारका सदस्यका रुपमा रहेको बताए ।भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले व्यापार र वाणिज्यका लागि आज भएको सहमति आफैँमा महत्वपूर्ण भएको बताएका छन् ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रोजस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट भएको बताए ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीको सफल उदाहरण पेश गर्दै नेपाल र भारतका उद्योगी व्यवसायीको साझा सहकार्यका लागि आग्रह गरे । नेपालमा लगानी गरिरहेका डाबर, एभरेष्ट बैंक, एसबीआई बैंक, युनिलिभरलगायतका संस्थाले कमाएको नाफा सहजरूपमा भारतमा ल्याउन पाएको र नेपालमा समेत उत्कृष्ट सेवा प्रदान गरेर ठूलो करदाताका रुपमा समेत रहेको भन्दै अध्यक्ष ढकालले सम्पर्क सञ्जालको विस्तार तथा वर्तमान सरकारले लिएको नीतिका कारण पनि लगानीको थप वातावरण बनेको बताए ।भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्ने उद्देश्यका साथ आज महत्वपूर्ण छलफलको आयोजना गर्न पाउँदा खुसी लागेको बताए ।साभार : नेपाल प्रेस

`
12 comments
होलीमा रंगिएको वसन्तपुर

काठमाडौं, फागुन १८ :  वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपूर्णिमा(होली)पर्वका अवसरमा आज काठमा..

8 घन्टा पहिले

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै

काठमाडौं, फागुन १८ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन प्..

8 घन्टा पहिले

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको ..

काठमाडौं, फागनु १८ : प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्व..

8 घन्टा पहिले

चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन था..

काठमाडौं, फागुन १७ : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन ..

20 घन्टा पहिले

युएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाकाे मृत्यु

काठमाडाैं, फागुन १७ : इरानी आक्रमणमा युएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ।  युएईको रक्षा मन्त्रालयले वि..

20 घन्टा पहिले