Janakpurdham
Wed, Sep 02, 2026
`

हाइब्रिड मोडलमै हुने भयो एसिया कप, भारत र पाकिस्तानसँग भिड्दै नेपाल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । लामो समयको अन्योल चिर्दै एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने लगभग टुंगो लगाएको हो ।क्रिकइन्फोले जनाएअनुसार पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । यसअनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेलहरू मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलङ्कामा आयोजना हुने भएको छ ।प्रतियोगितामा भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै हुनेछ ।यो सप्ताहान्तपछि प्रतियोगिता आयोजनास्थलबारे एसीसीले आधिकारिक घोषणा गर्ने क्रिकइन्फोले जनाएको छ । प्रतियोगिताको आयोजना १ देखि १७ सेप्टेम्बरभित्र हुने जनाइएको छ । पाकिस्तानमा हुने खेलहरू लाहोरमा खेलाइनेछन् ।पाकिस्तान र भारतबीचको राजनीतिक विवादले एसिया कप प्रभावित बनेको थियो । भारतले पाकिस्तानमा हुने प्रतियोगितामा आफ्नो टिम नपठाउने अडान लिएपछि प्रतियोगिता नै अन्योलमा परेको थियो । पाकिस्तानले गरेको हाइब्रिड मोडलमा एसीसीले रुचि देखाएको थिएन । पाकिस्तानले सुरुमा युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेकोमा बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो ।पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख नजाम सेठीले दुई साताअघि एसीसीका उपाध्यक्ष तथा ओमान क्रिकेटका प्रमुख पंकज खिमजीलाई हाइब्रिड मोडलको विस्तृत प्रस्ताव पेश गरेका थिए ।नेपालले पनि एसिया कपमा पहिलो पटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई वटा टोली सुपर फोरमा जानेछन् । सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन् ।साभार : नेपाल प्रेस

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

2 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

2 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

3 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

3 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 दिन पहिले