Janakpurdham
Tue, Jul 14, 2026
`

मालू गहते श्रेष्ठ परिवार समूहले अस्थायी कोभिड अस्पताल र गहते सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य समाग्री हस्तान्तरण

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत


जेठ १५, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू गहते श्रेष्ठ परिवार समुहले महामारीको रुपमा फैलिएको कोरोना भाइरस उपचार र नियन्त्रणमा थप सहयोगहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा स्थापित अस्थायी कोभिड अस्पताल र गहते सामुदायिक स्वास्थ्य इकाईका लागि श्रेष्ठ परिवार अभियान कर्ताले संकलन गरेको स्वास्थ्य सामग्री आज पालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरित सामग्री पालिकाका अध्यक्ष तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी ईश्वर चन्द्र पोखरेलले अस्थायी कोभिड अस्पातलका मेडिकल अफिसर डाक्टर रोविस कार्की र गहते सामुदायिक स्वास्थ्य इकाईका सावित्रि गिरीलाई हस्तान्तरण गर्नु भयो ।
हस्तान्तरण कार्यक्रममा बोल्नु हँुदै प्रमुख अतिथी ईश्वर चन्द्र पोखरेलले पालिका कोभिड नियन्त्रणका लागि घर–घर, टोल–टोल पुगेर परिक्षण गरेको, परिक्षणलाई तिव्रता दिएको,संक्रमितको उपचार घर–घरमा पुगेर गरेको, बिरामीको उपचारमा विषेस ध्यान पु¥याएको, नियन्त्रणको लागि अहिले सम्म नचुकेको र आगामी दिनमा सहयोग गर्ने बताउँनु भयो ।
संक्रमण नियन्त्रणका लागि जनप्रतिनिधि, कार्मचारी दिनरात नभनि खटिएको र आगामी दिनमा पनि थप योजनाका साथ आगाडि बढ्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरेलले श्रेष्ठ परिवार समुहलाई धन्यवाद व्यक्त गर्नु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता होम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गहते श्रेष्ठ परिवार समुहले १ लाख ६० हजार बराबारको अक्सिजन सिलिण्डर, पिपिइसेट, थर्मल गन, स्यानिटाइजर, माक्स लगाएका स्वास्थ्य सामग्री हस्तारन्तर गरेको छ । कार्यक्रममा पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले मन्तव्य राख्नु भएको थियो ।

`
12 comments
गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्र..

रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ।  जनकपुरबाट क..

1 घन्टा पहिले

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्..

काठमाडौं, असार ३० : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समय..

2 घन्टा पहिले

‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’

जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..

1 दिन पहिले

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..

काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..

1 दिन पहिले

स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..

2 दिन पहिले