Janakpurdham
Wed, Sep 02, 2026
`

‘बालबालिकाको पोषण अवस्था कमजोर’

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, असार ६ गते । मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर रहेको बताउँदै यस प्रदेशका बालबालिकाको पोषणमा सुधारका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा मङ्गलबार आयोजना गरेको प्रदेशस्तरीय पोषण कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी वक्ताहरूले यस्तो आवश्यकता औँल्याउनुभएको हो। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर भएको भन्दै आठ वटा जिल्लामा पोषण सुधारका लागि सामूहिक प्रयासमा उहाँहरूले जोड दिनुभयो।नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नाथुप्रसाद चौधरीले बायलोजिक फैक्ट्रीको रूपमा रहेको हामी सबैको मानव शरीरमा पोषणयुक्त खाना दिएमा मात्रै त्यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले बच्चालाई ‘जङ्क फुड’ खानबाट रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले रैथाने बालीको उत्पादन लोप हुन लागेकाले पोषणको अवस्था कमजोर बनेको पनि बताउनुभयो। पोषणको अवस्थामा सुधार ल्याउनका लागि अभिभावकहरूले पनि घरमा आफ्ना बालबालिकालाई घरेलु उत्पादनका खाद्य पदार्थहरू मात्रै खान दिने किसिमको वातावरण तयार पार्नुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा. प्रमोदकुमार यादवले मधेश प्रदेशमा छ महिनादेखि ५९ महिनाका बालबालिकामध्ये १० हजार बालबालिका कुपोषित रहेको तथ्याङ्क प्रस्तुत गर्दै त्यति कुपोषित भए पनि एक हजार बालबालिकाले मात्रै उपचार लिएको बताउनुभयो। मधेश प्रदेशका जिल्लामा कुपोषणलाई अभिभावकहरूले सामान्य रूपमा लिने गरेको भन्दै उहाँले कुपोषित भएका बच्चामा क्षयरोग, निमोनिया जस्ता रोगहरू लाग्ने गरेको बताउनुभयो। उहाँले पोषण सुधारका लागि आगामी वर्ष मधेश प्रदेश सरकारले सर्लाही, सिरहा र रौतहटमा पोषण पुनस्र्थापना गृह खोल्न लागेको जानकारी दिनुभयो। जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक डा. श्रवणकुमार मिश्रले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि महिलालाई गर्भधारण गरेको अवस्थादेखि नै विशेष ध्यान दिनुपर्ने बताउनुभयो। गर्भवती महिलाको स्वास्थ्यमा विशेष हेरचाहका साथै पोषिलो खानेकुरा खान दिनुपर्ने, आइरन चक्की अनिवार्य खुवाउनुपर्ने र पटक पटक स्वास्थ्यको परीक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।कार्यक्रमको अध्यक्षता गर्नुभएका मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव झाले बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि आमाको स्वास्थ्य अवस्था, खानपान, अनिवार्य आइरन चक्कीको सेवन, गर्भ परीक्षण तथा बच्चाको जन्म भएपछि जति छिटो शिशुलाई स्तनपान गराउनेतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो। उहाँले आमाको दूध नपिउने बच्चालाई विभिन्न खालका रोग लाग्न सक्ने भएकाले यस विषयमा अभिभावकलाई जानकारी गराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।   साभार : गोरखापत्र

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

2 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

2 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

2 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

2 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 दिन पहिले