Janakpurdham
Wed, Mar 25, 2026
`

ग्रामीण भेगका दलित र अशिक्षितलाई क्रिश्चियन बनाउने एजेन्टहरू सक्रिय !

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । हिन्दू धर्म परिवर्तन गराएर क्रिश्चियन बनाउन मधेश प्रदेशका ग्रामीण भेगमा एजेन्टहरू सक्रिय भएका छन् । विशेष गरी अशिक्षित र दलित समुदायमा क्रिश्चियन धर्मका एजेन्टहरू सक्रिय भएका हुन् ।अनेक खालका प्रलोभन र भ्रममा पारेर क्रिश्चिन धर्मका एजेन्टहरू धर्म परिवर्तन गराउँदै हिँडेका छन् । मधेशका ग्रामीण भेगका अधिकतर परिवार हिन्दू धर्म मान्छन् । तर प्रलोभनमा परेर पछिल्लो समय हिन्दू धर्म परिवर्तन गर्नेहरूको संख्या ह्वात्तै बढेको छ ।

सिरहाको औरही गाउँपालिका ५ स्थित सामुदायिक भवनमा हरेक शनिवार क्रिश्चियन धर्मका अगुवाहरू पुग्छन् । उनीहरूले दलित समुदायका अशिक्षित व्यक्तिलाई भेला पार्छन् । र, क्रिश्चियन धर्ममा लागेपछि कहिल्यै बिरामी नपर्ने, घरमा कुनै कलह नहुने, धन प्राप्ति हुने जस्ता अन्धविश्वास फैलाएर धर्म परिवर्तन गराउँछन् ।

 

 

स्थानीय एक बृद्धले सुनाए, ‘करिब २ महिनादेखि ३/४ जना व्यक्ति आउँछन् । उनीहरू भेला पारेर सबैको हातमा ‘परमेश्वर पिता’ नामको पुस्तक थमाउँछन् । भन्छन् क्रिश्चियन धर्ममा लागेपछि सबै खालको रोग निको हुन्छ । पैसाको अभाव कहिल्यै हुँदैन । यस्ता यस्ता कुरा गरेर धर्म परिवर्तन गराइरहेको छ ।’

उनका अनुसार दुई महिनामै करिब ५ सयभन्दा बढी व्यक्तिले हिन्दू धर्म त्यागेर क्रिश्चियन बनेका छन् । धर्म बदल्नेमध्ये अधिकांश दलित र अशिक्षित महिला छन् ।

‘सुरुमा ‘परमेश्वर पिता’ पुस्तकमा रहेका भजनहरु मात्र सिकाए’, उनले भने, ‘पछि मात्र यो क्रिश्चियन धर्म हो भन्यो । बाहिरका ति ३र४ जना व्यक्ति आएपछि भेला पारेर नेपालीमा लेखिएको पुस्तक पढ्छन् र त्यसलाई मैथलीमा सम्झाउँछन् ।’

बिरामी पर्दा लाखौं रुपैयाँ खर्च हुन्छन् र क्रिश्चियन बनेपछि बिरामी नै नपर्ने भन्ने गरेकाले धेरै व्यक्ति त्यसमा लाग्न थालेको उनको भनाई छ ।

केहि दिनअगाडि क्रिश्चियन बनेका अन्दाजी ४० वर्षीय राजदेव यादवले भने, ‘एक महिलाको खुट्टा दुख्थ्यो । कहाँ कहाँ पुगेर उपचार गराए । तर निको भएन । क्रिश्चियन बनेपछि निको भयो । त्यसैले म पनि यहाँ आउन थालेको छु ।’

बिरामी निको हुन्छ र रु यो त अन्धविश्वास हो भन्ने जिज्ञासामा उनले भने, ‘अन्धविश्वास कसरी बुझ्ने रु म मान्दिन्नँ ।’ यसरी अन्धविश्वासमा उनी मात्र होइन, यहाँका सयौँ व्यक्ति परेका छन् ।

शनिवारका दिन सामुदायिक भवनमा भेला पारेर धर्म परिवर्तन गराउने क्रिश्चियनहरु बाहिरबाट आउने गरेको सूचना पाएपछि आज हिन्दू सम्राट् सेनाका युवाहरू त्यहाँ पुगेका थिए ।

हिन्दू युवाहरूले प्रलोभन र भ्रममा पारेर धर्म परिवर्तन गराउन नहुने भन्दै क्रिश्चियनका अगुवाहरूबाट ‘परमेश्वर पिता’ नामको पुस्तक खोसेर च्यातेका छन् । उनीहरू क्रिश्चियनको पुस्तक खोस्न खोज्दा केहिबेर तनाव उत्पन्न भएको थियो ।

हिन्दू सम्राट सेनाका अजय यादवले प्रलोभन देखाएर धर्म परिवर्तन गराउन अपराध हो, तर प्रहरी प्रशासन चुप लागेपछि हिन्दू धर्म संकटमा परेको बताए । उनले क्रिश्चियन धर्मका नाममा अफवाह फैलाउने र हिन्दू धर्म परिवर्तन गराउँदै हिँड्नेलाई कारबाही गर्न प्रशासनसँग माग समेत गरे ।

उनले ग्रामीण भेगमा बढी मानिस अशिक्षित रहेको र यसलाई नै टार्गेट गरी क्रिश्चियनहरु सक्रिय बनेको बताए । उनले भने, ‘धर्म परिवर्तन नगराउन क्रिश्चियन अगुवाहरूलाई आज चेतावनी दिएका छौँ । चेतावनीको अवज्ञा भयो भने कारबाही गर्छौँ ।’साभार : नेपाल प्रेस

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

15 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

15 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले