पूर्व मन्त्री तथा एमाले नेता विजय यादव पक्राउ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
रुपन्देही । बाँके प्रहरीले लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा नेकपा एमाले नेता विजय यादवलाई पक्राउ गरेको छ ।आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।बैङ्किङ कसुर मुद्दामा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरेअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बताए ।उनले बैंकिङ कसुर अन्तर्गत रुपन्देही प्रहरीको पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको र मुद्दाको बिस्तृत विवरण आफूलाई पनि थाहा नभएको उनले बताए ।रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले भने यादवको पक्राउबारे जानकारी नभएको बताए । कांग्रेसबाट राजनीति सुरु गरेका यादवले अघिल्लो चुनावमा टिकट नपाएपछि जसपामा प्रवेश गरेका थिए ।जसपाबाट यसअघिको प्रदेश सभामा निर्वाचित भएका यादव एमालेको तत्कालीन प्रदेश सरकारमा मन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो ।जसपाले माओवादीसँग गठबन्धन गरी पछिल्लो चुनावमा टिकट नपाउने निश्चित भएपछि भने उनी एमाले प्रवेश गरेका थिए । एमालेबाट उनले टिकट पाएपनि निर्वाचन जित्न भने सकेनन् ।साभार : नेपाल प्रेस
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
1 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
1 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
2 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
2 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
3 दिन पहिले