Janakpurdham
Tue, Sep 01, 2026
`

बढ्दै डेंगु सङ्क्रमणः चार हजार बढीमा पुष्टि ,तीनको मृत्यु

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, साउन ९ गते । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार  हजार २८९जनामा डेंगु पुष्टि भएको छ । यसै गरी हालसम्म सुनसरी जिल्लाबाट  तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो ।  डा. मरासिनीका अनुसार डेंगु पुष्टि कोशी प्रदेशमा सबैभन्दा बढी छ । सोही प्रदेशमा दुई हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, बाग्मती प्रदेशमा ६६७ जना, सुदूरपश्चिम प्रदेशमा ३१६, गण्डकी प्रदेशमा ३४४, लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमित मध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लाबाट तीन हजार ६७१ जनामा डेङगु पुष्टि भएको छ ।  जिल्लाअनुसार सुनसरी दुई हजार ५४२, धादिर्ङमा ४०१, दार्चुला १९०, कास्की २०५, सङ्खुवासभा ६४, काठमाडौँ ८०, कञ्चनपुरबाट ५२,रुपन्देहीमा ४५,म्याग्दीबाट ५४ मोरङबाट ३८ जनामा डेंगु पुष्टि भएको छ ।  डा. मरासिनीका अनुसार चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु सङक्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण फैलन नदिन हरेक शुक्रवार बिहान साढे १० बजे सबे  कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक  कार्यालय हालभित्र र वरपर सरसफाइ अभियान सञ्चालन  गर्न निर्देशन दिएको छ । डा. मरासिनीका अनुसार चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु सङक्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने  छ । डा‍. मरासिनीका अनुसार सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला  भएका  लुगा लगाउने , घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव  भएसम्म लामखुट्टे भगाउने  धूप वा मलमको प्रयोग गर्ने । घरपालुवा पशुपक्षी  व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुल्ला  भाँडामा  पानी जम्न  नदिने लामखुट्टेको टोकाइबाट बच्ने उत्तम  उपाय हो ।साभार : गोरखापत्र

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

1 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

1 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

2 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

2 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

3 दिन पहिले