Janakpurdham
Tue, Sep 01, 2026
`

आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं। सौरमास अनुसार साउने सोमबारको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिन्छ। साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ।आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन्।आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ। उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेका थिए। साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ।शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए। त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ। त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ।आज पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको छ। साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ।यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।साभार : डिसी नेपाल

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

23 घन्टा पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

23 घन्टा पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

2 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

2 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

3 दिन पहिले