श्रावण शुक्लपक्षको तेस्रो सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ, भदौ ४ गते । चान्द्रमासअनुसार श्रावण शुक्लपक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । चान्द्रमासअनुसार श्रावण शुक्लपक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ । कोषले महाशिवरात्रि र तीजमा जस्तै भक्तजनका लागि पशुपतिनाथमा विशेष व्यवस्था गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।बिहान तीनबजेदेखि नै पशुपतनिाथका चारै ढोका खुला गरिएको उहाँले बताउनुभयो । मन्दिरमा विगतका सोमबारजस्तै भक्तजनको भीड देखिएको छ । विशेषगरी सोमबारको व्रत गरेका महिला रातो र हरियो पहिरनमा सजिएर पशुपतिनाथलगायत शिवालयमा भेला भएका छन् । यसवर्ष सौरमास अनुसार साउनमा अधिकमास परेकाले सोमबारको व्रत गर्ने वा नगर्ने भन्नेमा द्विविधामा रहेका वर्तालुले अहिले भने खुलेर व्रत गरेका छन् ।
चान्द्रमासअनुसार भदौको ४ र ११ गतेको सोमबार शुक्लपक्षमा परेको छ । यसअघि श्रावण कृष्णपक्षका दुई सोमबार असार २५ गते र साउन १ गते परेको थियो । साउन २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको थियो । यसैले भदौ १४ गतेसम्म श्रावण शुक्लपक्ष छ । श्रावणको सोमबार शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज पशुपतिानथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव, डोलेश्वरलगायत शिवालयमा पनि भक्तजनको भीड देख्न सकिन्छ ।यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको छ । आज र भदौ ११ गतेको सोमबार पनि व्रत गरी साउनको सोमबारको व्रत लिनेले त्यसै दिन गोदान एवं पूर्णपात्र दान गरी साउने सोमबारको व्रत समापन गर्ने गर्छन् ।साभार : गोरखापत्र
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
22 घन्टा पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
22 घन्टा पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
2 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
2 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
3 दिन पहिले