मधेश प्रदेशमा ३९ वटा नयाँ उद्योग स्थापना
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम सुस्त रहेको छ । गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ । महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड लगानी भएको मधेश सरकारको अर्थ मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारले उद्योग मैत्री नीति ल्याएपनि पर्याप्त मात्रामा उद्योग स्थापना हुन सकेको छैन । मधेश प्रदेशका ८ जिल्लामा रहेको ठूला, मझौला तथा साना उद्योगका साथै घरेलु उद्योगमा गरेर ६४ हजार ५ सय ८६ जनालाई रोजगारी दिने काम भएको छ । हाल प्रदेशमा १ लाख १८ हजार ८ सय २ वटा लघु, घरेलु तथा साना उद्योग दर्तामा रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । देशको कूल लघु, घरेलु तथा साना उद्योग मध्ये मधेश प्रदेशमा १७.६ प्रतिशत रहेको छ भने सो उद्योगमा ४ लाख ९१ हजार ९ सय ७३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पुरा गर्नका लागि उद्योगको स्तर वृद्धि तर्फ सरकारले विशेष रुपमा ध्यान दिन आवश्यक रहेको छ । साभार : रेडियो नेपाल
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
58 मिनट पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
1 घन्टा पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
1 दिन पहिले
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..
1 दिन पहिले
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..
2 दिन पहिले