कहाँ पुगे मोरङ छिरेका भनिएका रोहिंग्या ?
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् ।
भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । स्रोतका अनुसार झापाको काँकडभिट्टाबाट छिरेको समूह झापाको कमल गाउँपालिकासम्म पुगेको देखिन्छ । त्यसयता भने भेटिएका छैनन् ।
६ जनाको दुई परिवार विराटनगर छिरेको थियो । चोर बाटो हुँदै भित्रिएको जानकारी पाए पनि विराटनगर आएका ६ जनाको परिवार सम्पर्कमा छैनन् । झापा र मोरङबाट दुई वटा समूह कोरोना महामारीको दोस्रो लहर सुरु भएकै अवस्थामा नेपाल भित्रिएको थियो ।
बंगलादेशमा कष्टकर रुपमा गुजारा गरिरहेका शरणार्थी सुरक्षित बसोबासको खोजीमा नेपाल छिरेको स्रोतको दाबी छ । गृह मन्त्रालय स्रोतका अनुसार रोहिंग्या मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल छिरेका हुन् ।
मन्त्रालयले नेपाल छिरेका रोहिंग्या शरणार्थीको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले वैशाख ६ गते झापा मोरङ र काठमाडौं प्रशासनलाई निर्देशन दिएको हो । काठमाडौंमा रोहिग्याको दुई वटा शिविर छ ।
भारतबाट चोर बाटो हुँदै नेपाल प्रवेश गरेका करिब पाँच सय रोहिंग्या काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको राममन्दिर क्षेत्रमा क्याम्प बनाएर बसेका छन् । राममन्दिर क्षेत्रस्थित रोहिंग्या आप्रवासी क्याम्पमा बस्नेहरुले नै उनीहरुलाई नेपाल भित्र्याएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरुले बंगलादेश र भारतभन्दा तुलनात्मक रुपमा नेपालमा जीवन सहज हुने भन्दै प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म लिएर नाका कटाएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोहिंग्या विराटनगर प्रवेश गरेको सूचना आएपनि प्रवेश गरेको कुनै प्रमाण नभेटिएको बताए । सूचना आएपछि खोजी गरेको बताउँदै उनले विराटनगर प्रवेश गरेको भेटिए नियन्त्रणमा लिइने बताए । उनले सीमा क्षेत्रमा निगरानी पनि बढाइएको बताए ।
म्यानमार सेनाले आक्रमण गर्न थालेपछि तीन वर्ष अघि थातथलो छाडेर भागेका रोहिग्याको ठूलो समूह बंगलादेशमा छ । हिंसात्मक गतिविधिका कारण मुलुक छाड्न बाध्य भएको म्यानमारको अल्पसंख्यक रोहिंग्या समुदाय बंगलादेशबाट विभिन्न देशमा पुगेको छ ।
सहकारी ठगी वा मान्छे बेचबिखनमा कांग्रेसकै जोसुकै नेता द..
काठमाडौं , पुष २० गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बत..
10 घन्टा पहिले
जय ट्रफी मेन्स एलाइट कपको तयारी पूरा
जनकपुर , पुष २० गते । मधेश प्रदेशमा यही पुस २१ गतेदेखि हुन लागेको एलाइट (जय ट्रफी) कपको तयारी पूरा भएको छ । वीरगञ्ज..
10 घन्टा पहिले
विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव– सामाजिक परिवर्..
काठमाडौं, पुस १९ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर..
1 दिन पहिले
‘संविधान संशोधन गणतन्त्र तथा सङ्घीयतालाई मजबुत बनाउन ह..
जनकपुरधाम, पुस १९ गते ।पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधान संशोधन लोकता..
2 दिन पहिले
अब भ्रष्टाचारको मुद्दामा टेलिफोन वा सञ्चार माध्यमको वि..
काठमाडौं , पुस १८ गते । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोग लागेको व्यक्तिको टेलिफोन वा सञ..
2 दिन पहिले