Janakpurdham
Sat, Oct 17, 2026
`

सन्तान र पतिको जीवनरक्षाको कामनासहित मिथिला नारीले भरे खोइछ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक ५ गते ।  मिथिलाञ्चलको शक्तिपीठहरूमा आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने विधि सम्पन्न गरेका छन् ।नवरात्रको पहिलो दिनबाटै दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाहरूले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै खोइछ भर्ने प्रचलन छ ।भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्नेर विजय दशमीका दिन ससुराली जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइछ भरिन्छ । खोइछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा ‘खोइछ’ भर्ने महिलाको भिड छ । भीड व्यवस्थापन गर्न सयौं स्वयंमसेवक खटेका छन् । राजदेवीमा लाखौं महिलाले हरेक वर्ष खोइछ भर्छन् । बिहानदेखि मध्यरातसम्म सडकसम्मै लाइन देखिन्छ ।

यस्तै वीरगञ्जको गहवामाई मन्दिर, लहानको दुर्गा मन्दिर, सप्तरीको कंकालिनी मन्दिरलगायतको शक्तिपीठमा पनि भिड देखिएको छ ।

खोइछ दिनुलाई समृद्धि, परिपूर्णता र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो ।

‘खोइछ’मा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ, जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई बिष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।त्यसो त तराई मधेशमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि ‘खोइछ’ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुल देवता र देवीको मन्दिरमा गरिन्छ । कुल देवता र देवीको मन्दिरमा खोइछ भर्नुको अर्थ कुल देवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु हो ।खोइछको चलन अनादिकालदेखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोइछ भर्ने गरेको शास्त्रमा पाइन्छ ।

प्राचीनकालमा छोरीलाई घरबाट बिदाई गर्ने बेलामा आमाले आँचलभर खोइछ भरी बिदाई गरेको र छोरीको घरमा अन्नपूर्णाको बास होस् भनी कामना गरेको प्रसंग पनि महिलाहरू सुनाउँछन् ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

14 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

14 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले