Janakpurdham
Sat, Oct 17, 2026
`

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित, ब्याटिङमा चम्किए आसिफ, रोहित र दिपेन्द्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , कार्तिक ६ गते । त्रिकोणात्मक टी- २० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

यूएईले दिएको १६५ रनको कठिन लक्ष्य नेपालले ४ बल र ५ विकेट बाँकी छँदा हासिल गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा नेपालले निकै खराब सुरुवात गर्यो । ११ रनमा ३ विकेट गुमाउँदा नेपालले आज प्रतियोगितामा पहिलो हार चाख्ने चिन्ता मडारिएको थियो । तर ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र फिनिसर दिपेन्द्र सिंह ऐरीले नेपाललाई मिठो जित दिलाए ।

आसिफले ओपनरको भूमिका निभाउँदै अर्धसतकीय इनिङ खेले । नेपाललाई संकटबाट निकाल्ने क्रममा उनको कप्तान रोहित पौडेलसँग चौंथो विकेटका लागि ९९ रनको साझेदारी भएको थियो । आसिफ ५० बलमा २ छक्का र ६ चौकासहित ६२ रन बनाएर आउट भए ।

आसिफ आउट हुँदा नेपालले १५।३ ओभरमा ११० रन बनाएको थियो । जितका लागि नेपाललाई ३३ बलमा ५५ रन चाहिएको थियो । अनि क्रिजमा आए दिपेन्द्र । पहिलो बलमै छक्का हानेर उनले आफ्नो नियत स्पष्ट गरे । त्यसपछि पनि उनी रोकिएनन् । नेपालविरुद्ध पहिलो जित निकाल्ने आशामा रहेको दीपेन्द्रको आक्रमणमा स्तब्ध बन्यो ।

अर्को इन्डमा कप्तान रोहितले फेरि एकपटक महत्वपूर्ण पारी खेले । अत्यन्तै सुझबुझपूर्ण ब्याटिङ गरेका उनले आसिफ र दीपेन्द्रसँग गरेको साझेदारी नै आज नेपालको जितको आधार बन्यो । रोहित अर्धसतक बनाउन भने चुके । उनले ४२ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ४७ रन बनाए ।

विष्फोटक इनिङ खेलेका दीपेन्द्र भने अविजित रहे । उनले उनले १५ बलमा १ छक्का र छ चौका सहित ४० रन जोडे ।

यसअघि यूएईले बासिर अहमदको आक्रामक ब्याटिङको मद्दतमा १६४ रनको स्कोर खडा गरेको थियो । खराब सुरुवात गरेको यूएईले २८ रनमा दुवै ओपनरलाई गुमाएको थियो । दुवैलाई सोमपालले आउट गरेका थिए ।

पहिलो विकेटका रुपमा खालिद साहलाई सोमपालले बोल्ड गरेर भने खतरनाक ब्याट्सम्यान मुहम्मद वसिम सोमपाललाई ठूलो प्रहार गर्ने चक्करमा गुल्सन झाबाट क्याचआउट भए ।

त्यसपछि अरविन्द र आसिफ खानबीचको साझेदारीले नेपाललाई खतराको संकेत देखाइरहेको थियो । तर, गुल्शनको बलमा विष्फोटक ब्याट्सम्यान आसिफ आउट भएपछि नेपाललाई राहत मिल्यो । आसिफले १७ बलमा १८ रन बनाए ।

चौथो विकेटका रुपमा अलिसान सराफु रन आउट भए । पाचौं विकेटका रुपमा यूएईले अरविन्दलाई गुमायो । संयमित भएर खेलिरहेका अरभिन्दले यूएईका लागि ५१ बलमा ४५ रन जोडे । उनलाई अविनाश बोहराले बोल्ड गरेका थिए ।

यूएईका लागि बासिर अहमदले विष्फोटक पारी खेले । उनले १९ बलमा ५ छक्का र दुई चौकाको मद्दतमा ४५ रन जोडेपिछ यूएई ठूलो स्कोरतर्फ लम्किएको थियो । बसिललाई अविनाशको बलमा नेपालका कप्तान रोहित शर्माले लङ अनमा सनसनीपूर्ण क्याच लिएर आउट गरे ।

सातौं विकेटका रुपमा अलि नासर करण केसीको बलमा आउट भए । केसीले आज महंगो बलिङ गरेका छन् ।

उनले ४ ओभरमा ५३ रन खर्चिएर एक विकेट मात्र लिएका छन् । अन्तिम बलमा उनलाई अर्को विकेटको मौका थियो, तर नेपालले क्याच ड्रप गर्यो । नेपालका फास्ट बलर सोमपाल कामी र अविनाश बोहराले दुई दुई विकेट लिए । गुशल्न झा र करण केसीको भागमा एक–एक विकेट रह्यो ।

साभार : नेपाल प्रेस

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

14 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

14 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले