Janakpurdham
Sat, Oct 17, 2026
`

अक्टुबर २७ मा रिलिज हुनलागेका वेब सीरिज नूनराेटीकाे प्रमाेशन जनकपुरधाममा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम , कार्तिक ७ गते ।वेब सीरिज नूनरोटीका लेखक तथा निर्देशक विकास झाले जनकपुरधामवासीलाई वेब सीरिज नूनरोटी हेर्नका लागि आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासंघ धनुषा साखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दरभंगा निवासि झाले २७ अक्टुबर रिलिज हुनलागेका वेब सीरिज नून रोटीलाई मधुर मैथिलि यूटयूब चैनलवाट हेर्न सकिन्छ भन्ने जानकारी दिनुभयो । 

जनकपुरधाममा वेब सीरिज नूनरोटीको प्रमोशन गर्न आएका निर्देशक झा १५ वर्ष देखि फिल्म निर्देशनमा कार्यरत रहेको जानकारी गराउंदैे भने, नूनरोटी वेब सीरिज जनधनवाट बनेको पहिलो वेब सिरिज हो, यसमा बिहार र मिथिला राज्यमा विद्यमान बेरोजगारी, छाक टार्न तथा परिवार धान्नकालागि विदेश पलायन भएर फर्किएका चारजना मित्रहरु बीचको समस्या तथा व्यवसायीक चुनौतिको बारेमा यस वेब सीरिजमा समेटिनु भएको कुरा बताउनु भयो । 

पावर्ड बाय आन्दम गु्रप नूनरोटी मैथिली वेब सीरिजकी अभिनेत्री रोशनी झाले मैथिल समाज एवं जनतालाई वेब सीरिज हेर्नको लागि प्रेरित गरेकी छिन् । यस वेब सीरिजमा जम्मा ८ अटा भाग भएकोले पहिलो भाग फ्रिमा हेर्न ब्यवस्था मिलाइएको जानकारी गराउदै बिहार तथा मिथिला क्षेत्रमा व्यावसायिक पर्यटनको सम्भावनाको विकास होस् भन्ने उद्देश्यले नून रोटीको शूटिंग मिथिलाञ्चलको विभिन्न जिल्ला वा स्थानलाई बढि समेटेको बताईन ।  

लोकप्रिय हास्य मनोरंजक मधुर कार्यक्रम बलर वाट चिरपरिचित रहेका विकाश झा र उनकी पत्नी रोशनी झा मिथिलाञ्चलमा सुप्रसिद्ध जोडिको रुपमा प्रख्यात रहेका छन् । मिथिलाञ्चको सुप्रसिद्ध गायिका प्रिया मल्लिकको स्वरमा एउटा मधुर गीत संग लेने चलु हमरो को प्रदर्शन यस वेभ सीरिजमा भईसकेको बताउंंदै २७ अक्टुबर रिलिज हुन लागेका वेब सीरिज नून रोटीलाई हेर्न ध्यानाकर्षण गराउनु भएकी छिन् । 

यस वेब सीरिजका मुख्य कलाकारहरुमा दिवाकर झा , आदर्श भारद्वाज, ऋषभ कश्यप, मणि कौशिक, निखिल मिश्र, प्रज्ञा झा , सत्येन्द्र झा , सोहेल सुलतान , प्रशान्त राण , सागर सिंह सुमित श्री रहेका छन् ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

14 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

14 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

2 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले