
जनकपुरधामबाट भारतीय किशोरी पेस्तोलसहित पक्राउ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,कार्तिक ८ गते । जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने लकीसराई ग्रामपञ्चायत बडीपोखरी -९ का पप्पु सहनीको १६ वर्षीया नाबालिग छाेरी छन् । उनको साथबाट कटुवा पेस्तोल एक थान, भारतीय कम्पनीको एउटा सिम र केहि नेपाली रुपैयाँ नगद बरामद भएको छ ।रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरीका डिएसपी खड्क बहादुर शाहीको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कटुवा पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।उनी पेस्तोल बोकेर नेपाल किन आएको विषयमा केहि खुल्न सकेको छैन् । अनुसन्धान तथा कारबाहीका लागि उनलाई नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्रका डिएसपी शाहीले जानकारी दिए ।साभार : नेपाल प्रेस

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
14 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
14 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले