Janakpurdham
Sat, Oct 17, 2026
`

इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,कार्तिक १० गते ।  कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन् ।कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो । फैसलाको विस्तृत पाठ आइसकेको छैन ।आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरुको अधिग्रहण सम्वन्धमा परामर्श दिने गर्छ । उनीहरु भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरुलाई भेटेका थिए ।

कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ । सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरुलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ । यसैगरी गाजा क्षेत्रमा आत्यावश्यक वस्तुहरुको आपूर्ति सुचारु गराउन पनि कतारले पहल गरिरहेको छ ।यसैबीच, भारत सरकारले भारतीयहरुलाई मृत्युदण्डको फैसलाबाट आफूहरु स्तब्ध भएको जनाएको छ । यस मुद्दाको पूर्णपाठ आएपछि सरकारले थप कद चाल्ने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘हामी उनीहरुको परिवारका सदस्यहरु र कानूनी टिमसँग सम्पर्कमा छौं र सबै कानूनी विकल्पहरुको खोजी गरिरहेका छौं । हामीले यो मुद्दालाई महत्वका साथ नजिकबाट निकालिरहेका थियौं । हामी सबै कानूनी सहायताहरु निरन्तर प्रदान गर्नेछौं । यो विषयमा कतारी अधिकारीहरुसँग पछि छलफल गरिनेछ ।’साभार : नेपाल प्रेस

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

14 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

14 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले