Janakpurdham
Sat, Aug 08, 2026
`

जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुशिला कार्की पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति सर्व सहमतिमा चयन

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
मंसिर २९, तामाकोशी ।
जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुशिला कार्की पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति सर्व सहमतिमा चयन गरेको छ ।
जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको १४ औं बाषिक साधारण सभा मार्फत अध्यक्ष सहित सम्पुर्ण संचालक समिति सर्व सहमतिमा चयन गरेको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम शहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको उपाध्यक्षमा शान्ता श्रेष्ठ, सचिव गोमा बुढाथोकी, कोषाध्यक्षमा सविता दहाल पोखरेल चयन हुनु भएको छ । संस्थाले पार्वती घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको हो ।
सहकारीका अध्यक्ष शुसिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समुन्वय समिति सदस्य गीता पोखरेल, गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक सञ्जय खड्का, भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिताराम उप्रेती, नेकपा एमालेका हरिशंकर पोखरेल, नेकपा माओवादी केन्द्र मालुकाका अध्यक्ष खड्ग विक्रम खड्का, नेकपा एकिकृत समाजवादीका वडा संयोजक यज्ञ बहादुर श्रेष्ठ, गडीमाई बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष टोप बहादुर मिजार, जाल्पादेबी साना किसान कृषि सहकारीका व्यवस्थापक भीमबहादुर श्रेष्ठ लगाएतले सल्लाह सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

16 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

16 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले