आर्थिक सुधारका लागि यही वर्ष २७ वटा नयाँ कानुन ल्याउँछौं : अर्थमन्त्री वाग्ले
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असोज १६ : अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्।
शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानुन निर्माणको काम अघि बढाएको बताए।
‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐनहरु खारेज गरे । बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौं । बजेट सुधारलाई सहायक हुने र आर्थिक सुधारको लागि २७ वटा कानुनका लागि अहिले मन्त्रालयहरुलाई लखेटिराखेको छौं,’ उनले भने।
वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताए।
‘सिएनआईले भनेको २८ वटा कानुन पमिार्जन गर्दिनुहोस् रामराज्य ल्याउँछौं हामी । उद्योग वाणिज्य संघले केही वर्ष अघि ४२ वटा कानुनको कुरा गरेको थियो । हाम्रो कानुनमन्त्रीले यति थोरै नि हुन्छ भनेर सबलाई उछिनेर १६६ वटा कानुन र त्यसमध्य पनि ५४ वटा क्याविनेटबाट पास भइसकेको छ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले सुशासनको मर्म राज्यका सबै अंगमा विस्तार गर्नुपर्ने बताए।
उनले भने, ‘राज्यका अन्य अंगहरु पनि सुशासनको यही मर्म बिजारोपण गर्दै फैलाउँदै लैजानुपर्ने छ । नत्र १७ जना मन्त्रीको व्यवहारले मात्र सिंगो राज्यको चरित्र बन्दैन तर मूल सफा भयो भने भने अरु कुरा पनि संलिन समय लाग्दैन ।’
उनले आर्थिक सुधारको प्रक्रियामा विभिन्न चुनौती रहेको भन्दै नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको कूप्रवृत्तिलाई उखेल्न समय लागिरहेका पनि बताए।
‘चुनौतीहरु पनि धेरै छन्। नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको यो कूप्रवृत्तिलाई हल्लाउन र उखेल्न समय लागिरहेको छ,’ उनले भने।
साभार ः काठमाडौं प्रेस
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूà..
काठमाडौं, कात्तिक २९ : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प..
2 दिन पहिले
छठको स्वागतमा कठपुल्ला पश्चिमवारी टोलका युवा जुटे सरसफà¤..
जनकपुरधाम, कार्तिक २९ गते । धनुषाको हंसपुर नगरपालिका–३, पश्चिमवारी टोलमा छठ पर्वको अवसर पारेर बृहत् सरसफाइ का..
2 दिन पहिले
अध्यक्ष साहले गरे छठ सामग्री वितरण ,विपन्न व्रतालुलाई वड..
जनकपुरधाम,कार्तिक २८ गते । छठ पर्व आस्थाको पर्व हो, तर आर्थिक अभावका कारण कसैको घरमा यसको रौनक नखुम्चियोस् भन्ने उ..
3 दिन पहिले
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
काठमाडौं , कार्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गर्à..
3 दिन पहिले
नेपाल–भारत संयुक्त छठ घाटमा रौनक: नदी किनारमा दुई किलोमि..
महोत्तरी, कार्तिक २७ गते । मटिहानी नगरपालिकाको बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लम्बाइको छठ घाट तयार भएà..
3 दिन पहिले