Janakpurdham
Sun, Aug 17, 2025
`

जनकपुरधाममा सम्पन्न टि–२० क्रिकेटको उपाधि कपिलेश्वरलाई

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक ११ गते ।  जनकपुरधाम उपमहानगरपालिकाको कपिलेश्वर क्रिकेट टिमको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा सम्पन्न वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि कपिलेश्वर टिमले जितेको छ ।

कूल १६ वटा टिमको सहभागितामा भएको वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा धनुषाको ललिया क्रिकेट टिमलाई कपिलेश्वर टिमले ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।गत वर्षदेखि शुरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको कलिया क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा सबै विकेटको क्षतिमा ७३ रन जोड्यो ।७४ रनको लक्ष्य सहित खेल मैदानमा उत्रेका कपिलेश्वर क्रिकेट टिमले २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।प्रतियोगितामा विजयी कपिलेश्वर टिमले ३० हजार नगद, शिल्ड, कप र प्रमाणपत्र तथा उपविजेता भएका ललिया क्रिकेट टिमले १५ हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र प्राप्त गरे ।

वडा दशै, दीपावली तथा छठ पर्वको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिकाका–१६ कपिलेश्वरका वडाध्यक्ष रामचन्द्र पञ्जियारको सक्रियतामा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता गत वर्षदेखि आयोजना हुँदै आएको छ ।विजेता तथा उपविजेता टिमलाई नगद शिल्ड, कप तथा प्रमाणपत्र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह तथा उपप्रमुख किशोरी साहले प्रदान गर्नुभएको थियो ।साभार : रेडियो नेपाल

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

14 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

14 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले