जनकपुरधाममा सम्पन्न टि–२० क्रिकेटको उपाधि कपिलेश्वरलाई
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक ११ गते । जनकपुरधाम उपमहानगरपालिकाको कपिलेश्वर क्रिकेट टिमको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा सम्पन्न वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि कपिलेश्वर टिमले जितेको छ ।

कूल १६ वटा टिमको सहभागितामा भएको वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा धनुषाको ललिया क्रिकेट टिमलाई कपिलेश्वर टिमले ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।गत वर्षदेखि शुरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको कलिया क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा सबै विकेटको क्षतिमा ७३ रन जोड्यो ।७४ रनको लक्ष्य सहित खेल मैदानमा उत्रेका कपिलेश्वर क्रिकेट टिमले २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।प्रतियोगितामा विजयी कपिलेश्वर टिमले ३० हजार नगद, शिल्ड, कप र प्रमाणपत्र तथा उपविजेता भएका ललिया क्रिकेट टिमले १५ हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र प्राप्त गरे ।

वडा दशै, दीपावली तथा छठ पर्वको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिकाका–१६ कपिलेश्वरका वडाध्यक्ष रामचन्द्र पञ्जियारको सक्रियतामा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता गत वर्षदेखि आयोजना हुँदै आएको छ ।विजेता तथा उपविजेता टिमलाई नगद शिल्ड, कप तथा प्रमाणपत्र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह तथा उपप्रमुख किशोरी साहले प्रदान गर्नुभएको थियो ।साभार : रेडियो नेपाल
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
13 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
13 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
1 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 दिन पहिले