
अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत, धामी पक्राउ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,कार्तिक १२ गते । झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा धामी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका- ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर छन् । पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।स्रोतका अनुसार भूतले छोप्न आउने गरेको भन्दै पीडित महिलाले धामी गुहारेकी थिइन् । धामीले दसैँको महाअष्टमीको दिन झारफुक गरेपछि भूत भाग्ने आश्वासन दिए । सोही दिन धामीले राति सबैलाकै एक मसानघाटमा लगेर महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।पीडित महिला विवाहित छन् । उनका श्रीमान इन्जिनियर छन् । तर, अन्धविश्वासमा परेपछि उनी बलात्कारको शिकार भइन् । झारफुक गराउन इन्जिनियर आफैं श्रीमतीलाई लिएर धामीकहाँ पुगेका थिए ।धामीले भने गोप्य ठाउँमा झारफुक गर्नुपर्छ भनेर महिलालाई एक्लै मसानघाट लगेका थिए । मसानघाटमा धामीले बलात्कार गरेपछि महिला बेहोस भइन् । त्यसपछि धामी भागे । समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारे र अस्पताल लगेका थिए ।डीएसपी अवाले घटनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको बताए ।साभार : नेपाली प्रेस

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
14 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
14 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले