
जनकपुरधाममा अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनको आयोजना हुने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, कार्तिक १४ गते ।मधेश प्रदेशका राजधानी जनकपुरधाममा तीन दिवसीय अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनका आयोजना कार्तिक २२ गतेबाट हुने सेमिनारका आयोजक एवं संयोजक डा. राकेश कुमार सिंहले जानकारी दिनु भएको छ ।
आयुर्वेदलाई जीवन रक्षा हेतु सुलभ र सहज बनाउन आयुर्वेद विज्ञानलाई सहकार्यको माध्यमले पुरै विश्वमा फैल्याउन डा. सिंहले आग्रहगर्नु भएको छ ।
नेपाल आरोग्य संगठन तथा ब्रम्ह भूमि आयुर विज्ञानका पहलमा महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा सेमिनारका उदघाट्न प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताउनु भयो । मिथिला भूमिमा पहिलो चोटि हुन लागको आयुर्वेद सम्मेलनमा २५ ओटा देश सहभागी भई आयुर्वेद चिकित्सा प्रणालिको वारेमा प्रकाश पारिने बताउदै सेमिनारलाई उद्घाटन सत्र , वैज्ञानिक समगोष्ठि सत्र र सम्भावनाहरुलाई उजागर गरिने सत्र गरी तीन सत्रमा बाडिएको ध्यानाकर्षण गराउनु भयो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैश्नवले विकासका लागि आफू सदैव अग्रसर रहेको बताउंदै जनकपुरधाममा यथाशिघ्र आयुर्वेदिक अस्पतालको सुरुवाति हुने जानकारी दिनु भयो ।
त्यस्तै महोत्तरी मनरासिसवा नगरपालिकाका मेयर मोहन पाण्डेले नेपालमा जडिबुटी पर्याप्त रहेकोले स्रोत-साधन जुटाउन सरकासंग मांग गर्नुभयो । उनले भने आयुर्वेदलाई विश्व स्तरमा पुर्याउन अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन यस्तै समय-समयमा हुनु आवश्यकता रहको धारणा प्रकट गर्नु भयो ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
14 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
14 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले