Janakpurdham
Sun, Aug 17, 2025
`

सिपमुलक तालिम र सहयोगले स्वदेशमै बस्न रुचाए मटिहानीका युवाहरु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, १६ कार्तिक । प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले मटिहानी नगरपालिका महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजना अन्र्तगत २०८९ साल असार देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजनाले मटिहानीका स्थानीय युवाहरुलाई सिपमुलक तालिम र १५००० आर्थिक सहयोग गरेको छ । स्थानीय किसान तथा युवाहरुलाई सानो लगानी र सिपले आफनो जीवनमा सुधार ल्याउन सक्ने उद्देश्यले तालिम दिएको हो ।बिभिन्न सिपमुलक तालिमहरुको माध्यमबाट जम्मा ७५ जना स्थानीय किसान तथा युवाहरुलाई ६ दिनको अगरबती तथा बाँसको सामाग्री बनाउने तालिम, १० दिनको लाह चुरा बनाउने तालिम, ३ दिनको तयारी खाना बनाउने तालिम, १५ दिनको मोटरसाईकल मर्मत तालिम, १५ दिनको ईलेक्टिूसियन तालिम, र १५ दिनको मोबाईल मर्मत तालिम दिएको छ ।
विश्वव्यापी महामारी, विपद लगायत अन्य विविध कारणले घरपरिवार र समुदायमा आएको आर्थिक बोझ तथा प्रभावलाई न्यूनिकरण गरी सीमान्तकृत समुदायका महिला, बालबालिका, वृद्ध, वैदेशिक रोजगारी बाट फर्केका आप्रवासी र अपाङ्गता भएका ब्यक्ति भएको घरधूरिलाई जीविकोपार्जनमा सहयोग गर्नकालागी परियोजनाले संचालन गरेका नर्सरी, च्याउ, कुखुरा पालन, करेसाबारी, खनिज ढिक्का तथा बगरखेती सम्बन्धी तालिम, बिउ बिजन बितरण तथा नगद सहयोग , वातावरण सँरक्षण र जलवायु परिवर्तन हुने उद्देश्यले मटिहानी नगरपालिकाको वार्ड १,७ र ९ मा फलफुलको जम्मा १००० बिरुवा रोप्नेकाम सके लगतै प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले स्थानीय युवाहरुलाई सिपमुलक तालिम मार्फत सिपमा आधारित बिभिन्न किसिमको तालिम दिएर ७५ जनालाई उहाहरुकै खातामा १५००० को दरले नगद सहयोग योजना रहेको छ ।हाथमा सिप र नगद सहयोग पाएपछि अब स्वदेशमै ब्यापार गर्ने सोच रहेको तालिमका सहभागीहरुको भनाई रहेको थियो । तालिमको समापन शत्रमा यस परियोजनाका अनुगमन तथा मुल्याँकन अधिकृत धर्मानन्द ठाकुरले सहभागीहरुले सिकेका बिषय वस्तुहरुलाई राम्ररी सदुपयोग गर्न सुझाव दिदै युवाहरुले सो तालिम सफलताका साथ प्राप्त गरेको जानकारी उद्दमशिल अधिकृत रघुविर रायले बताउनु भयो । सो कार्यक्रम परियोजना व्यवस्थापक राजेश राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

14 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

14 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले