सिपमुलक तालिम र सहयोगले स्वदेशमै बस्न रुचाए मटिहानीका युवाहरु
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, १६ कार्तिक । प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले मटिहानी नगरपालिका महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजना अन्र्तगत २०८९ साल असार देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजनाले मटिहानीका स्थानीय युवाहरुलाई सिपमुलक तालिम र १५००० आर्थिक सहयोग गरेको छ । स्थानीय किसान तथा युवाहरुलाई सानो लगानी र सिपले आफनो जीवनमा सुधार ल्याउन सक्ने उद्देश्यले तालिम दिएको हो ।बिभिन्न सिपमुलक तालिमहरुको माध्यमबाट जम्मा ७५ जना स्थानीय किसान तथा युवाहरुलाई ६ दिनको अगरबती तथा बाँसको सामाग्री बनाउने तालिम, १० दिनको लाह चुरा बनाउने तालिम, ३ दिनको तयारी खाना बनाउने तालिम, १५ दिनको मोटरसाईकल मर्मत तालिम, १५ दिनको ईलेक्टिूसियन तालिम, र १५ दिनको मोबाईल मर्मत तालिम दिएको छ ।
विश्वव्यापी महामारी, विपद लगायत अन्य विविध कारणले घरपरिवार र समुदायमा आएको आर्थिक बोझ तथा प्रभावलाई न्यूनिकरण गरी सीमान्तकृत समुदायका महिला, बालबालिका, वृद्ध, वैदेशिक रोजगारी बाट फर्केका आप्रवासी र अपाङ्गता भएका ब्यक्ति भएको घरधूरिलाई जीविकोपार्जनमा सहयोग गर्नकालागी परियोजनाले संचालन गरेका नर्सरी, च्याउ, कुखुरा पालन, करेसाबारी, खनिज ढिक्का तथा बगरखेती सम्बन्धी तालिम, बिउ बिजन बितरण तथा नगद सहयोग , वातावरण सँरक्षण र जलवायु परिवर्तन हुने उद्देश्यले मटिहानी नगरपालिकाको वार्ड १,७ र ९ मा फलफुलको जम्मा १००० बिरुवा रोप्नेकाम सके लगतै प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले स्थानीय युवाहरुलाई सिपमुलक तालिम मार्फत सिपमा आधारित बिभिन्न किसिमको तालिम दिएर ७५ जनालाई उहाहरुकै खातामा १५००० को दरले नगद सहयोग योजना रहेको छ ।हाथमा सिप र नगद सहयोग पाएपछि अब स्वदेशमै ब्यापार गर्ने सोच रहेको तालिमका सहभागीहरुको भनाई रहेको थियो । तालिमको समापन शत्रमा यस परियोजनाका अनुगमन तथा मुल्याँकन अधिकृत धर्मानन्द ठाकुरले सहभागीहरुले सिकेका बिषय वस्तुहरुलाई राम्ररी सदुपयोग गर्न सुझाव दिदै युवाहरुले सो तालिम सफलताका साथ प्राप्त गरेको जानकारी उद्दमशिल अधिकृत रघुविर रायले बताउनु भयो । सो कार्यक्रम परियोजना व्यवस्थापक राजेश राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
.jpg)
.jpg)
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
11 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
11 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
1 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 दिन पहिले