Janakpurdham
Sat, Aug 08, 2026
`

जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
तामाकोशी ।
जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा संचालित जफे मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन , संस्थाका सचिव इश्वर काफ्लेले सचिवको प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र प्रसाद काफ्लेले कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेका वडा अध्यक्ष राम प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका सहकारी संयोजक पर्शुराम कार्की, भिजन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशन पोखरेल, जनदृष्टि साकोसका अध्यक्ष कमल महत, दियालो महिला साकोसका अध्यक्ष अम्विका पोखरेल, भावना साकोसका अध्यक्ष झप्पर बहादुर महत लगाएत राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष बद्रि पौडेलले स्वगत मन्तव्य राख्नु भएको कार्यक्रममा सहकारीका जेष्ठ सदस्य शिव बहादुर कार्कीलाई नगद सहित सम्मान गरिएको थियो ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

18 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

18 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले