Janakpurdham
Sun, Aug 17, 2025
`

जनकपुरमा मदिरा सेवन गरी कुटाकुट गर्ने पाँच भारतीय युवक पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १९ गते ।  जनकपुरधाम उपमहानगरपालिका ३ मा मदिराको नशामा आफैमा कुटाकुट गर्ने पाँच भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।भारत विहारको सितामढी जिल्लाका २५ वर्षीय सोनु कुमार, सोही ठाउँका ३१ वर्षीय सुरज राय, २२ वर्षीय महेश कुमार सिंह, उमेर नखुलेका हिमांशु शेखर र प्रभाकर नामका युवक पक्राउ परेका हुन् ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले मदिरा खाएर आफैँमा कुटाकुट गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।उनका अनुसार दुई जना घाइते पनि छन् । बढी चोट लागेका प्रभाकरको उपचार प्रहरी निगरानीमा जनकपुरकै चन्द्रकला अस्पतालमा भइरहेको छ ।‘पाँचै जना भारतीय नम्बर प्लेटकै चारपाङ्ग्रे गाडीमा थिए’, डिएसपी अवाले भने, ‘जलेश्वरतर्फ जाने क्रममा झगडा गरेछन् । स्थानीयले जानकारी गराएपछि जिरोमाइलबाट प्रहरी पुगेर उनीहरूलाई गाडीसहित नियन्त्रणमा लियो ।’सामाजिक सञ्जालमा केहि व्यक्तिले पक्राउ परेका भारतीयहरूलाई अपहरणकारी भनेका छन् । यसबारे डिएसपी अवाले भने, ‘अपहरणकारी होइन, मदिरा सेवन गरी कुटाकुट गरेको अहिले खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।’भारतको विहार राज्यमा मदिरा निषेध छ । त्यसैले विहारका मानिस नेपाली बजारमा आएर मदिरा सेवन गर्छन् । पछिल्लो समय यहाँ घटेका अधिकांश घटनामा भारतीय नागरिक र गाडी अपराधिक क्रियाकलापमा संलग्न रहने गरेको देखिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

11 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

11 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले