Janakpurdham
Sat, Oct 17, 2026
`

साढे २१ करोडको लगानीमा कमलामा यसरी बन्दैछ झोलुङ्गे पुल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १९ गते ।  धनुषा र सिरहा जिल्लालाई जोड्न कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणले गति लिएको छ । पुल निर्माणका लागि मजदुर र प्राविधिक गरी ४२ जना दिनरात खटिरहेका छन् ।धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाल र सिरहा नगरपालिका १३ गम्हरियालाई जोड्न झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुलको लम्बाई एक हजार ५०१ मिटर (१५००.४४ मिटर) रहेको छ । सम्भवतः यो नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हुनेछ ।यो झोलुङ्गे पुल एकै पटक २५०० जना मानिस चढ्न सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहनेछ । पुल निर्माण भएपछि धनुषा र सिरहाका लाखौँ जनतालाई आवतजावत गर्न सहज हुनेछ । यसका साथै पुल हेर्न र मनोरञ्जन गर्न पनि आन्तरिक पर्यटकहरू आउने स्थानीयको विश्वास छ ।अहिले निर्माण हुन लागेको झोलुङ्गे पुल हुलाकी राजमार्गदेखि करिब ४/५ किलोमिटर दक्षिणमा पर्छ । हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा पनि पुल निर्माणाधीन छ । तर पुल लगभग निर्माण भइसकेपछि गत वर्ष भासियो । त्यसपछि पुनः निर्माणको काम अलपत्र छ ।सरकारले पटक पटक कमला पुल पुनः निर्माण कार्य अगाडी बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि टेरेको छैन । अहिले त्यहाँ मोटरसाइकल, साइकल र पैदल यात्रीहरू भासिएको पुल भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

कमला नदीमा असार, साउन र भदौमा बाढी आउँछ । यो तीन महिना सिरहा र धनुषाका बासिन्दाको सम्बन्ध नै विच्छेद हुन पुग्छ । पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा वर्षेनी सास्ती झेल्छन् ।

पुल निर्माण भएर गाडी चल्न थाले सिरहा सदरमुकामबाट जनकपुर पुग्न मात्र आधा घण्टा लाग्छ । तर अहिले पूर्वपश्चिम राजमार्गबाट यात्रा गर्नुपर्दा तीन घण्टा लाग्छ । जसका कारण समय बर्बादसँगै आर्थिक मारमा पनि पर्ने गरेका छन्– त्यस क्षेत्रका जनता ।अहिले निर्माण भइरहेको झोलुङ्गे पुल त्यस क्षेत्रका जनताका लागि वैकल्पिक मार्ग हुनेछ । झोलुङ्गे पुल निर्माणले सिरहा नगरपालिका र जनकनन्दिनी गाउँपालिकाका दक्षिणी भेगका जनता खुशी छन् ।सिरहा नगरपालिका १३ का मुकेश शर्माले झोलुङ्गे पुल निर्माणले गति लिएपछि खुशी भएको बताए । उनले भने, ‘यो पुल नहुँदा हामी भारतको जयनगर वा हाईवेको बाटो प्रयोग गर्नुपर्छ । तर अब यो समस्या छिट्टै टर्दैछ । खुशी छौं हामी ।’

पुलको लागत साढे २१ करोड

उक्त पुल भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा निर्माण हुनेछ । गत असारमै पुल निर्माणको ठेक्का सपना–उमा एन्ड कम्पनी थानी जे.भी. बतीसपुतलीले पाए । तर निर्माण कार्य ढिलोगरी सुरु भयो ।पुल २ वर्षमै निर्माण गर्नुपर्ने सम्झौता भएको छ । अर्थात् ११ असार ०८१ भित्र पुल निर्माण सम्पन्न गर्नुपर्छ । समय थोरै रहेकाले कम्पनी पुल निर्माणलाई तीव्र पारेको छ ।

ठेकेदार कम्पनीका इन्जिनियर विनोद कुमार मण्डलले पुल निर्माण सम्झौता भएको मितिभित्रै सम्पन्न गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले अगामी माघ महिनासम्म निर्माण पुरा भई पुल सञ्चालनमा आउने दाबी पनि गरे ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

11 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

11 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले