
साढे २१ करोडको लगानीमा कमलामा यसरी बन्दैछ झोलुङ्गे पुल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,कार्तिक १९ गते । धनुषा र सिरहा जिल्लालाई जोड्न कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणले गति लिएको छ । पुल निर्माणका लागि मजदुर र प्राविधिक गरी ४२ जना दिनरात खटिरहेका छन् ।धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाल र सिरहा नगरपालिका १३ गम्हरियालाई जोड्न झोलुङ्गे पुल निर्माण हुन लागेको हो । पुलको लम्बाई एक हजार ५०१ मिटर (१५००.४४ मिटर) रहेको छ । सम्भवतः यो नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हुनेछ ।यो झोलुङ्गे पुल एकै पटक २५०० जना मानिस चढ्न सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहनेछ । पुल निर्माण भएपछि धनुषा र सिरहाका लाखौँ जनतालाई आवतजावत गर्न सहज हुनेछ । यसका साथै पुल हेर्न र मनोरञ्जन गर्न पनि आन्तरिक पर्यटकहरू आउने स्थानीयको विश्वास छ ।अहिले निर्माण हुन लागेको झोलुङ्गे पुल हुलाकी राजमार्गदेखि करिब ४/५ किलोमिटर दक्षिणमा पर्छ । हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा पनि पुल निर्माणाधीन छ । तर पुल लगभग निर्माण भइसकेपछि गत वर्ष भासियो । त्यसपछि पुनः निर्माणको काम अलपत्र छ ।सरकारले पटक पटक कमला पुल पुनः निर्माण कार्य अगाडी बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि टेरेको छैन । अहिले त्यहाँ मोटरसाइकल, साइकल र पैदल यात्रीहरू भासिएको पुल भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
कमला नदीमा असार, साउन र भदौमा बाढी आउँछ । यो तीन महिना सिरहा र धनुषाका बासिन्दाको सम्बन्ध नै विच्छेद हुन पुग्छ । पुल नबन्दा त्यस क्षेत्रका बासिन्दा वर्षेनी सास्ती झेल्छन् ।
पुल निर्माण भएर गाडी चल्न थाले सिरहा सदरमुकामबाट जनकपुर पुग्न मात्र आधा घण्टा लाग्छ । तर अहिले पूर्वपश्चिम राजमार्गबाट यात्रा गर्नुपर्दा तीन घण्टा लाग्छ । जसका कारण समय बर्बादसँगै आर्थिक मारमा पनि पर्ने गरेका छन्– त्यस क्षेत्रका जनता ।अहिले निर्माण भइरहेको झोलुङ्गे पुल त्यस क्षेत्रका जनताका लागि वैकल्पिक मार्ग हुनेछ । झोलुङ्गे पुल निर्माणले सिरहा नगरपालिका र जनकनन्दिनी गाउँपालिकाका दक्षिणी भेगका जनता खुशी छन् ।सिरहा नगरपालिका १३ का मुकेश शर्माले झोलुङ्गे पुल निर्माणले गति लिएपछि खुशी भएको बताए । उनले भने, ‘यो पुल नहुँदा हामी भारतको जयनगर वा हाईवेको बाटो प्रयोग गर्नुपर्छ । तर अब यो समस्या छिट्टै टर्दैछ । खुशी छौं हामी ।’
पुलको लागत साढे २१ करोड
उक्त पुल भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा निर्माण हुनेछ । गत असारमै पुल निर्माणको ठेक्का सपना–उमा एन्ड कम्पनी थानी जे.भी. बतीसपुतलीले पाए । तर निर्माण कार्य ढिलोगरी सुरु भयो ।पुल २ वर्षमै निर्माण गर्नुपर्ने सम्झौता भएको छ । अर्थात् ११ असार ०८१ भित्र पुल निर्माण सम्पन्न गर्नुपर्छ । समय थोरै रहेकाले कम्पनी पुल निर्माणलाई तीव्र पारेको छ ।
ठेकेदार कम्पनीका इन्जिनियर विनोद कुमार मण्डलले पुल निर्माण सम्झौता भएको मितिभित्रै सम्पन्न गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले अगामी माघ महिनासम्म निर्माण पुरा भई पुल सञ्चालनमा आउने दाबी पनि गरे ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
11 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
11 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले