ओमानसँग नेपाल सुपर ओभरमा पराजित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,कार्तिक १९ गते । किर्तिपुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानसँग सुपर ओभरमा पराजय व्यहोरेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पच्छ्याएको नेपालले १० रन मात्र बनाउन सक्यो ।यसअघि नियमित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको ओमानले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । अकिब इल्यासले ३३, जीसन मकसूदले २६, मोहम्मद नदीमले २४, आयन खान र मेहरन खानले समान १० रन बनाए ।नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी, गुलशन झा, अविनाश बोहरा र विवेक यादवले १–१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।नेपालको लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नटआउट ५२ रन बनाए । कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दिप जोराले १० रन बनाए ।ओमानका लागि बिलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इल्यासले २ र जीसन मकसूदले १ विकेट लिए । नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेकोले यो खेल दुवैका लागि प्रतिष्ठाको मात्र विषय हो ।साभार : डिसी नेपाल
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
17 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
18 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले