
भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्र पठाइयो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

नेपालगंज,कार्तिक २० गते । भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदसिंह सिख र नेपाल प्रहरीका सहायक हवल्दारको कमाण्डमा राहत सामग्री आज बिहान साढे ९ बजे प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।“भूकम्पपीडितका लागि भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाएका छौँ”, उनले भने, “एक ट्रक जाजरकोटका लागि र एक ट्रक रुकुम पश्चिमका प्रभावित क्षेत्रमा पठाइएको हो ।”प्रजिअ पोखरेलका अनुसार उक्त राहत सामग्री प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिनेछ । भारत सरकारबाट प्राप्त उक्त राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमा आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।राहत सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल छ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्याङ्केट एक हजार थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटालगायत छन् ।साभार : अर्थपूर्ण

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
7 घन्टा पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
8 घन्टा पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले