Janakpurdham
Mon, Aug 25, 2025
`

साक्षर अभियान सफल पार्न शिक्षा निति र कानून बनाउन जरुरी ः शिक्षा तथा संस्कृति मन्त्री 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक 

जनकपुरधाम, कार्तिक २१ गते ।मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले साक्षर अभियान सफल पार्न शिक्षा निति र कानून बनाउन जरुरी रहेका बताएका छन् ।  

शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा सरोकारवाहरुबीच बृहत् शिक्षा सम्मेलनको आयोजनामा प्रमुख अतिथिका आसनवाट बोल्दै मधेश प्रदेशमा पहिलो चरण धनुषा, महोत्तरी, सिरहा, सप्तरी र दोस्रो चरण बारा, पर्सा, रौतहट, सर्लाही गरी दुई चरणमा कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता रहेका धारणा राख्नु भएका छन् । उनले शैक्षिक अवस्था, चुनौती तथा अगामी कार्यदशा सम्बन्धी तीनै तहमा सरोकारवालाहरुबीच समन्वय र सहकार्य गरी कमजोर साक्षर अवस्थालाई न्यूनीकरण गरी विधेयक पास गर्न आवश्यकता रहेका बताउनु भयो । 

उनले भने शिक्षा मन्त्रालयको जिम्मा पाएपछि सवैभन्दा पहिले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन निणर्य गरेको तथा कमजोर अवस्थामा रहेका शिक्षा निति तथा कार्यक्रममा बजेटका भूमिका अहम भएकोले छुट्याउन सरकारलाई आग्रह गरेको जानकारी दिनु भयो । 

उनले मधेश प्रदेशको शैक्षिक अवस्था निकै कमजोर कणर्ाली प्रदेशको हाराहारीमा रहेकाले साक्षर प्रदेश बनाउन संघ, प्रदेश र स्थानीय तह तीनवटै निकाय गम्भीर हुन ध्यानाकर्षण गराउनु भयो । 

सो कार्यक्रममा शिक्षा विकास निर्देशनालयका चूडामणि फुयाँलले संघपछि शिक्षाको सम्पूणर् अधिकार स्थानीय तहलाई दिएकाले प्रदेशलाई साक्षर बनाउन सबैभन्दा महत्वपूणर् भूमिका स्थानीय तहका रहेका बताउनु भयो । 

कार्यक्रममा सहभागी स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिहरूले चालु आर्थिक वर्षभित्रै प्रदेशका सबै पालिकालाई घोषणा गर्नुपर्नेसहितका १० बुँदे संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएका छन् ।

यसको उद्देश्य चाहि मधेश प्रदेशलाई साक्षर बनाउन अनौपचारिक , बैकल्पिक , परम्परागत र खुला शिक्षाको माध्यमवाट सिकाई संस्कृतिको विकास गर्नुहो ।

 

 

`
12 comments
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

7 घन्टा पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

8 घन्टा पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

2 दिन पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

2 दिन पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

2 दिन पहिले