
योजना तर्जूमामा युवाको भुमिका सम्बन्धी तालिम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,कार्तिक २१ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका २० जना युवाहरुलाई स्थानीय तहको योजना तर्जुमा सहभागीताका सम्बन्धमा तीन दिवसीय तालिम सोमबार सम्पन्न भएको छ । स्थानीय तहमा हुने विकास निर्माणका काम लगायतका विभिन्न प्रकारका क्रियाकलापहरुमा युवाहरुको सहभागीताको कमिका कारण लक्षित वर्गको बजेट अन्य विषयमा खर्च भईरहदा युवाहरुको विकासमा समस्या भईरहेको बेलामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक परिवार कल्याण संघको आायेजनामा स्थानीय युवाहरुलाई सो तालिम प्रदान गरिएको छ । सो तालिममा सहभागी भएका युवाहरुले यो तालिम पछि अब वडास्तरमा हुने योजना तर्जुमा बैठकमा सहभागी भई युवा लक्षित बजेट बनाउन आफुहरुले जनप्रतिनिधि समक्ष पैरवी गर्ने बताएका छन् ।सो तालिममा सहभागीहरुलाई प्रशिक्षक किशोर कुमार कर्णले प्लानपरिवारका सदस्य तथा परिवर्तनका सम्बाहक सीओसीका युवाहरुलाई सो तालिम प्रदान गर्नुभएको थियो । संघका कार्यक्रम संयोजक यमलाल साशंकरले तालिममा सिकेका कुरालाई अगामी दिनमा स्थानीय तह संग समन्वय गरी योजना निर्माण प्रक्रियामा सहभागी भई युवा लक्षित बजेट ल्याउन पहल गर्न सहभागी युवाहरुलाई आग्रह गर्नुभयो । सहभागीहरुलाई बजेट निर्माण प्रक्रिया र चरणहरुमा बारेमा सिकेका कुरालाई पालिकाको विभिन्न समिति संग मिलेर कार्यान्वयनमा ल्याउन भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
11 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
11 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले