Janakpurdham
Mon, Oct 19, 2026
`

तामाकोशी गाउँपालिकाले पैदल मार्ग निर्माणको शिलान्यास

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
तामाकोशी ।
तामाकोशी गाउँपालिकाले ४ किलोमिटर लामो सुविधायुक्त पैदल मार्ग निर्माणको आज एक कार्यक्रमका विच शिलान्यास गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेले उक्त पैदन मार्गको शिलान्यास गनुभएको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु फेवाताल स्थीत कालिदेवी मन्दिर देखि देउराली गढी, हिलेगढी  सम्म निर्माण हुने पैदल मार्गको शिलान्यास गरिएको हो । तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी को अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा पत्रकार माहासंघ जिल्ला खाशाका पदाधिकारी, सदस्य लगाएत विभिन्न संचार माध्यममा कार्यरत पत्रकार, जनप्रतिनिधी, पार्टीका प्रतिनिधी लगाएत स्थानियको उपस्थिति रहेको थियो ।
पालिकाका प्रसाशन अधिकृत श्रृष्टि के.सी.ले संचालन गनुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले पालिकाको पर्याटन विकास पुर्वधारलाई थप विकसित गर्दै गाउँपालिकामा आन्तरिक पर्यटक तथा पैदल यत्री बृद्धिगर्ने उद्देश्यले लिल्लामै ठूलो र लामो पैदल मार्ग स्थापना गर्न लागिएको बताउँनु भयो । पोखरेलका अनुसार हाललाई ४ किलोमिटर निमार्ण हुने र यसको कुल लम्वाई १५ किलोमिटर सम्म निमार्ण गरिने र यसले पालिकाको विकासमा महत्व राख्ने छ ।
उक्त पैदल मार्गको ठेक्का संझौता बजेट ५ करोड ७४ लाख ३५ हजार ४ सय २२ रुपयाँ ६ पैसा रहेको छ । कालिदवी मन्दिर देउराली गढी, हिले गढी पदमार्गको निर्माणका लागि लुम्बिनी÷बन्दन भगवती÷कुश÷जे.भी., बत्तिसपुतली, काठ्माडौले जिम्मा पाएको छ भने मिती २०७९ चैत्र ३० गते भित्र निमार्ण सम्पन्न गरि सक्नु पर्ने छ ।

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

24 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

24 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

2 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

2 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

3 दिन पहिले