Janakpurdham
Sun, Aug 17, 2025
`

आज धनतेरस पर्व मनाईदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,कार्तिक २४ गते ।  आज धनतेरस पर्व मनाईदैछ। हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरु खरिद गर्दा धन लाभ हुने बिश्वास गरिन्छ । धनतेरसको दिन सुनचाँदी लगायतका सामग्रीहरु नै खरिद गर्नुलाई शुभ मानिन्छ । आज सुन, चाँदी, तामा, पाला, गणेश लक्ष्मीको मूर्ति, आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ ।
यदि सुनचाँदी किन्ने पर्याप्त पैसा छैन भने सुन चाँदीको सिक्का किनेर लक्ष्मी पुजाको दिन पुजा गर्नाले घरमा सुख शान्ति र बैभव प्राप्त हुने बिश्वास गरिन्छ ।धनतेरसका दिनमा मानिसहरुले चाँदीका सिक्का, पाला, गणेश लक्ष्मीको मूर्ति, भाडाकुँडा, चाँदी, तामा, फलाम तथा माटोका भाँडाकुँडा, घण्ट, धनयन्त्र, श्रीयन्त्र लगायत खरिद गर्ने गर्छन् । यस्ता सामान खरिद गर्नाले माता लक्ष्मी प्रशन्न हुने र सदा धन वर्षा गरिदिने तथा सम्पूर्ण परिवारको सुख शान्ति र स्वास्थ्य हुने धार्मिक मान्यता छ । यसो गर्दा माता लक्ष्मी तथा कुबेर प्रशन्न हुने र धनवर्षा हुने जनविश्वास रहँदै आएको छ ।

भगवान धन्वंतरीलाई स्वास्थ्यका देवताको रुपमा पुजिन्छ । पौराणिक कथा अनुसार सागर मन्थनका बेला भगवान धन्वंतरी अमृत कलश लिएर अवतरण गरेका हुनाले यस दिन भाँडाकुँडा किन्ने चलन प्रचलित भएको हो । अर्को किंवदन्ती अनुसार एक पटक भगवान विष्णुले श्राप पाएपछि लक्ष्मीले तेह्र वर्ष किसानको घरमा बस्नुपर्ने भयो । माता लक्ष्मीको त्यो किसानको बासले गर्दा उनको घर धनसम्पत्तिले भरियो। तेह्र वर्षपछि भगवान विष्णु लक्ष्मीलाई लिन आउँदा किसानले लक्ष्मीलाई त्यहीँ बस्न अनुरोध गरे । यसबारे लक्ष्मीले किसानलाई भोलि त्रयोदशी रहेको भन्दै दीप सफा गरी दीप प्रज्वलन गरी पूजा गरेमा कृषकले ऐश्वर्य र धन दौलत प्राप्त हुने बताइन् । यसपछि किसानले माता लक्ष्मीले भनेजस्तै गरे । तब माताको कृपाले धन र वैभव प्राप्त हुन्छ। त्यसबेलादेखि धनतेरसको दिन लक्ष्मीको पूजा गर्ने चलन सुरु भएको जनविश्वास छ ।दीपावली मुख्यतस् धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।रितिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्व आर्थिक लगानीको सुरक्षणसँग पनि सम्बन्धीत छ । यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको छ । यस पर्वलाई उच्च, मध्यम र निम्न वर्गले आ–आफ्नो हैसियतका आधारमा मनाउने गर्छन् । उच्च वर्गले यी दिन विभिन्न विलासीका वस्तुहरु पनि किन्ने गर्छन् भने मध्यम र निम्न वर्गले पर्वलाई टार्ने गरी आवश्यकता अनुसार मात्रै सामानहरु खरिद गर्ने गर्छन् ।आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ । केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन् ।दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ ।साभार: अर्थपथ

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

11 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

11 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले