Janakpurdham
Sat, Feb 07, 2026
`

आज धनतेरस पर्व मनाईदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,कार्तिक २४ गते ।  आज धनतेरस पर्व मनाईदैछ। हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरु खरिद गर्दा धन लाभ हुने बिश्वास गरिन्छ । धनतेरसको दिन सुनचाँदी लगायतका सामग्रीहरु नै खरिद गर्नुलाई शुभ मानिन्छ । आज सुन, चाँदी, तामा, पाला, गणेश लक्ष्मीको मूर्ति, आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ ।
यदि सुनचाँदी किन्ने पर्याप्त पैसा छैन भने सुन चाँदीको सिक्का किनेर लक्ष्मी पुजाको दिन पुजा गर्नाले घरमा सुख शान्ति र बैभव प्राप्त हुने बिश्वास गरिन्छ ।धनतेरसका दिनमा मानिसहरुले चाँदीका सिक्का, पाला, गणेश लक्ष्मीको मूर्ति, भाडाकुँडा, चाँदी, तामा, फलाम तथा माटोका भाँडाकुँडा, घण्ट, धनयन्त्र, श्रीयन्त्र लगायत खरिद गर्ने गर्छन् । यस्ता सामान खरिद गर्नाले माता लक्ष्मी प्रशन्न हुने र सदा धन वर्षा गरिदिने तथा सम्पूर्ण परिवारको सुख शान्ति र स्वास्थ्य हुने धार्मिक मान्यता छ । यसो गर्दा माता लक्ष्मी तथा कुबेर प्रशन्न हुने र धनवर्षा हुने जनविश्वास रहँदै आएको छ ।

भगवान धन्वंतरीलाई स्वास्थ्यका देवताको रुपमा पुजिन्छ । पौराणिक कथा अनुसार सागर मन्थनका बेला भगवान धन्वंतरी अमृत कलश लिएर अवतरण गरेका हुनाले यस दिन भाँडाकुँडा किन्ने चलन प्रचलित भएको हो । अर्को किंवदन्ती अनुसार एक पटक भगवान विष्णुले श्राप पाएपछि लक्ष्मीले तेह्र वर्ष किसानको घरमा बस्नुपर्ने भयो । माता लक्ष्मीको त्यो किसानको बासले गर्दा उनको घर धनसम्पत्तिले भरियो। तेह्र वर्षपछि भगवान विष्णु लक्ष्मीलाई लिन आउँदा किसानले लक्ष्मीलाई त्यहीँ बस्न अनुरोध गरे । यसबारे लक्ष्मीले किसानलाई भोलि त्रयोदशी रहेको भन्दै दीप सफा गरी दीप प्रज्वलन गरी पूजा गरेमा कृषकले ऐश्वर्य र धन दौलत प्राप्त हुने बताइन् । यसपछि किसानले माता लक्ष्मीले भनेजस्तै गरे । तब माताको कृपाले धन र वैभव प्राप्त हुन्छ। त्यसबेलादेखि धनतेरसको दिन लक्ष्मीको पूजा गर्ने चलन सुरु भएको जनविश्वास छ ।दीपावली मुख्यतस् धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।रितिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्व आर्थिक लगानीको सुरक्षणसँग पनि सम्बन्धीत छ । यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको छ । यस पर्वलाई उच्च, मध्यम र निम्न वर्गले आ–आफ्नो हैसियतका आधारमा मनाउने गर्छन् । उच्च वर्गले यी दिन विभिन्न विलासीका वस्तुहरु पनि किन्ने गर्छन् भने मध्यम र निम्न वर्गले पर्वलाई टार्ने गरी आवश्यकता अनुसार मात्रै सामानहरु खरिद गर्ने गर्छन् ।आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ । केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन् ।दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ ।साभार: अर्थपथ

`
12 comments
कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन..

माेरङ, माघ २२ : नेपाली काङ्ग्रेसका नेता डा।शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र स..

1 दिन पहिले

देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घि..

जनकपुर, माघ २२ : पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल प..

1 दिन पहिले

काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, क..

काठमाडौं, माघ २१ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सक..

2 दिन पहिले

आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग..

काठमाडौं, माघ २२ : आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास ख..

2 दिन पहिले

राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं, माघ २१ : राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार जापान टोक..

2 दिन पहिले