
स्वास्थ्यकर्मीहरू जिम्मेवारी वहन नगरेका कारण विरामीहरू बाहिर रेफर हुंदै : स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, कार्तिक २५ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्रकुमार सिंहले स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मेवारी वहन नगरेका कारण सरकारी अस्पतलवाट विरामीहरू बाहिर रेफर हुने गरेका बताएका छन् । शनिबार जनकपुरधाममा प्रदेश स्वास्थ्य निर्देनालयको आयोजना भएको तीन दिने गोष्ठीमा बोल्दै मन्त्री सिंहले प्रदेशलाई स्वास्थ्य र समृद्धि बनाउनका लागि स्वास्थ्यकर्मीहरु आफ्नो जिम्मेवारी वहन गरि नकारात्मक साेच त्याग्नु जरूरी रहेका धारणा व्यक्त गरेका छन् । स्वास्थ्य मधेश प्रदेशका लागि आर्थिक, जनशक्ति, भौतिक पूर्वाधारलगायतका चुनौती रहेपनि स्वास्थ्यकर्मीहरुको इमान्दारिता वहन नगरेकाले समस्या रहेको उनले बताए । आर्थिक वर्ष २०७९\०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा बोल्दै मन्त्री सिंहले मधेशमा स्वास्थयकर्मीहरुमा पनि राजनीति मौलाएकाले उनीहरु आफ्नो दायित्वबाट पञ्छिरहेको ध्यानकर्षण गराए । उनले भने स्वास्थ्य क्षेत्रलाई समृद्धी बनाउन सम्स्याहरूलाई तल देखि माथि सम्म नियाल्न आवश्यक्ता रहेका वताए । उनले भने हामीमा घरमै बसेर तलब खाने प्रवृत्ति रहेकाले पेसाप्रति इमान्दार भई विरामीहरूलाई सहि उपचार गरि हाैसला बढाउन भने । उनले अबदेखि मन्त्रलयले पनि राम्रो काम गर्नेलाई स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने घोषणा गरेको बताए । प्रदेशमा स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै प्रदेश स्वास्थ्य सुरक्षा कार्यक्रम सदृढ गरी व्यवस्थापन सहित सहकार्य गरिने बताए ।
.jpg)

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
11 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
11 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले