स्वास्थ्यकर्मीहरू जिम्मेवारी वहन नगरेका कारण विरामीहरू बाहिर रेफर हुंदै : स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंह
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, कार्तिक २५ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्रकुमार सिंहले स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मेवारी वहन नगरेका कारण सरकारी अस्पतलवाट विरामीहरू बाहिर रेफर हुने गरेका बताएका छन् । शनिबार जनकपुरधाममा प्रदेश स्वास्थ्य निर्देनालयको आयोजना भएको तीन दिने गोष्ठीमा बोल्दै मन्त्री सिंहले प्रदेशलाई स्वास्थ्य र समृद्धि बनाउनका लागि स्वास्थ्यकर्मीहरु आफ्नो जिम्मेवारी वहन गरि नकारात्मक साेच त्याग्नु जरूरी रहेका धारणा व्यक्त गरेका छन् । स्वास्थ्य मधेश प्रदेशका लागि आर्थिक, जनशक्ति, भौतिक पूर्वाधारलगायतका चुनौती रहेपनि स्वास्थ्यकर्मीहरुको इमान्दारिता वहन नगरेकाले समस्या रहेको उनले बताए । आर्थिक वर्ष २०७९\०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा बोल्दै मन्त्री सिंहले मधेशमा स्वास्थयकर्मीहरुमा पनि राजनीति मौलाएकाले उनीहरु आफ्नो दायित्वबाट पञ्छिरहेको ध्यानकर्षण गराए । उनले भने स्वास्थ्य क्षेत्रलाई समृद्धी बनाउन सम्स्याहरूलाई तल देखि माथि सम्म नियाल्न आवश्यक्ता रहेका वताए । उनले भने हामीमा घरमै बसेर तलब खाने प्रवृत्ति रहेकाले पेसाप्रति इमान्दार भई विरामीहरूलाई सहि उपचार गरि हाैसला बढाउन भने । उनले अबदेखि मन्त्रलयले पनि राम्रो काम गर्नेलाई स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने घोषणा गरेको बताए । प्रदेशमा स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै प्रदेश स्वास्थ्य सुरक्षा कार्यक्रम सदृढ गरी व्यवस्थापन सहित सहकार्य गरिने बताए ।
.jpg)
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
9 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
9 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले