Janakpurdham
Sat, Oct 17, 2026
`

मनोकामना यूवा क्लव सबैलाको आयोजनामा झिझिया नृत्य प्रतियोगिता सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

किशोर मण्डल
जनकपुरधाम,कार्तिक २८ गते । मनोकामना युवा क्लव सबैलाकाे २९ औं जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरेको खुल्ला विद्यालय स्तरीय झिझिया प्रतियोगितामा श्री जय मां दुर्गा बोर्डिङ स्कुल सबैला प्रथम विजयी भएको छ । १३ वटा विद्यालय सहभागिता जनाएको सो प्रतियोगितामा श्री सरस्वती मा वि ठिल्ला सबैला द्वितीय र तेस्रो श्री जनता राष्ट्रिय आधारभूत विद्यालय ठिल्ला यदुवा कब्जा जमाएको छ । प्रथम विद्यालयलाई नगद रु १०१५१/- सहित मेडल कप , द्वितीय लाई रू.७१५१/- सहित मेडल कप र तृतीय लाई रु रू.५१५१/- सहित मेडल कप प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम मनोकामना युवा क्लवका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रका केन्द्रीय उप महासचिव एवम् पूर्व मन्त्री मातृका प्रसाद यादव रहेको थियो । कार्यक्रमका पूर्व मन्त्री यादवले मधेशका महिलाहरु क्रमिक रुपमा सशक्तीरण हुँदै गएको बताए। उहाँले भने, ‘यहाँका महिलाहरु खुलेर आवाज बाहिर निकाल्ने भएका छन्। अब समाजिक रुपान्तरणका निम्ति जनप्रतिनिधिको सशक्त भुमिकाको आवश्यकता रहेको छ।’ यादवले बोक्सीलाई हरेक मानवले मनमष्तिस्कबाट निकाल्नुपर्ने समय आएको बताए। २१ औं शताव्दीमा प्रवेश गरेका नेपाली समाजमा बोक्सी नरहेको जनविश्वास बढ्नु सकारात्मक रहेको पूर्व मन्त्री यादवले जानकारी गराए। कार्यक्रममा सबैला नगरपालिकाका मेयर कारिराम यादवकाे हाथवाट पुरस्कार वितरण गरिएको थियो भने सबैला नगरपालिकाका पूर्व मेयर विजय शंकर प्रसाद साह, वडा अध्यक्षहरु,प्र.अ ,शिक्षक एवम् लगायतको नागरिक समाजका अगुवाहरु सहभागी भएका थिए। समाजिकस्तरबाट लोपोन्मुख अवस्थामा रहेको संस्कृतिलाई जगेर्णा गर्नका निम्ति सबैको साझा भूमिकाको सवालमा वक्ताहरुले जोड दिएका थिए।

 

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

10 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

10 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले