Janakpurdham
Sun, Aug 17, 2025
`

डाँका मुद्दाका दुई आरोपी भाग्न खोज्दा प्रहरीले गोली हानेर पुन: नियन्त्रणमा लियो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक २९ गते ।  डाँका मुद्दाका दुई आरोपीलाई रौतहटबाट पक्राउ गरी महोत्तरी ल्याउने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको छ ।गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका २ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएका छन् । उनी दुबै जनालाई पुनः नियन्त्रणमा लिएर महोत्तरी ल्याइएको छ ।महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार शक्ति र अजयको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ । अहिले दुबै जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।गत कात्तिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ का  भुवनेश्वर चौधरीको घरमा हतियारधारी समूहले डकैती गरेको थियो । उक्त घटनामा शक्ति र अजयसहितका व्यक्तिको संलग्नता रहेको भन्दै प्रहरी खोजी गरिरहेको थियो ।उनीहरु रौतहटमा लुकेर बसेको सुराक पाएका महोत्तरी प्रहरीले सहायक निरीक्षक रामेश्वरप्रसाद यादवकोे कमाण्डमा टोली पठायो । उक्त टोलीले शक्ति र अजयलाई गरुडा नगरपालिका ४ बाट नियन्त्रणमा लियो ।महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले शक्तिको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको बताएका छन् ।उनी दुबै जनालाई आवश्यक कारबाहीका लागि महोत्तरी ल्याउने क्रममा प्रहरीको गाडी बिग्रेयो । त्यसपछि प्रहरीले बोलाएको अर्को गाडीमा राख्न खोज्दा उनीहरु भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

9 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

9 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले