Janakpurdham
Sun, Aug 17, 2025
`

जनकपुरधाममा चित्रगुप्त पूजा भव्यताका साथ मनाईदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, २९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं १० देवी चोकमा वुधावारका दिन चित्रगुप्त भगवानको पुजा धूमधामका साथ मनाईदै छ । भगवान चित्रगुप्तका जन्म यम द्वितीयामा भएका हुनाले कार्तिक शुक्ल द्वितीया तिथिका दिन चित्रगुप्त जयंती मनाउने परम्परा चलिआएका हो । हिन्दूहरुका एउटा प्रमुख देवताका रुपमा मानिने चित्रगुप्त भगवानको उत्पन्न ब्रम्हाजीका काया तथा अंशवाट भएका मान्यता रहेको छ। हातमा कर्मको किताब, कलम, मसी तथा करवाल बोकेका भगवान चित्रगुप्त कुशल लेखकका रुपमा परिचत रहेका छन् । प्राणीका पाप-पुण्यका आधारमा लेखा-जोखा राखि कर्मको अनुसार न्याय दिने गरेकाले उनलाई न्यायब्रम्हाका रुपमा संज्ञा दिइएको छ । भगवान चित्रगुप्तसंगै उनकी पत्नी इरावती तथा नन्दनीका प्रतिमा राखि फूल, अक्षत, कुमकुम , सिन्दूर , पकवान, मिष्ठानं तथा नैवेद्यवाट पुजा गरिने गरिएको चित्रगुप्त सेवा समितिका अध्यक्ष नागेन्द्र कर्णले जानकारी दिएका छन् । उनले भने भगवान चित्रगुप्त कायस्थ जातीका वंशज भएकाले कायस्थहरुका लागि आजका दिन कलम तथा दवातको प्रयोग वर्जित रहेको तथा विशेष परिस्थितिमै उपयोग गरिने ध्यानाकर्षण गराउनु भयो । यो पर्व चाहि कायस्थ समुदायमा अत्यधिक प्रचलित रहेकाले जनकपुरधाम लगायत देश-विदेशमा पनि भगवान चित्रगुप्तका पूजाआजा गरिने गरिएको छन् । यस सु-अवसरमा चित्रगुप्त सेवा समितिका प्रागंनमा कवि गाेष्ठि ,छात्रवृती तथा पुरस्कार वितरण कार्यक्रम तथा सन्ध्यामा सांस्कृतिक कार्यक्रमका आयाेजना हुने आयाेजकले जनाए ।

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

9 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

9 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले