Janakpurdham
Sat, Oct 17, 2026
`

जनकपुरधाममा चित्रगुप्त पूजा भव्यताका साथ मनाईदै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम, २९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं १० देवी चोकमा वुधावारका दिन चित्रगुप्त भगवानको पुजा धूमधामका साथ मनाईदै छ । भगवान चित्रगुप्तका जन्म यम द्वितीयामा भएका हुनाले कार्तिक शुक्ल द्वितीया तिथिका दिन चित्रगुप्त जयंती मनाउने परम्परा चलिआएका हो । हिन्दूहरुका एउटा प्रमुख देवताका रुपमा मानिने चित्रगुप्त भगवानको उत्पन्न ब्रम्हाजीका काया तथा अंशवाट भएका मान्यता रहेको छ। हातमा कर्मको किताब, कलम, मसी तथा करवाल बोकेका भगवान चित्रगुप्त कुशल लेखकका रुपमा परिचत रहेका छन् । प्राणीका पाप-पुण्यका आधारमा लेखा-जोखा राखि कर्मको अनुसार न्याय दिने गरेकाले उनलाई न्यायब्रम्हाका रुपमा संज्ञा दिइएको छ । भगवान चित्रगुप्तसंगै उनकी पत्नी इरावती तथा नन्दनीका प्रतिमा राखि फूल, अक्षत, कुमकुम , सिन्दूर , पकवान, मिष्ठानं तथा नैवेद्यवाट पुजा गरिने गरिएको चित्रगुप्त सेवा समितिका अध्यक्ष नागेन्द्र कर्णले जानकारी दिएका छन् । उनले भने भगवान चित्रगुप्त कायस्थ जातीका वंशज भएकाले कायस्थहरुका लागि आजका दिन कलम तथा दवातको प्रयोग वर्जित रहेको तथा विशेष परिस्थितिमै उपयोग गरिने ध्यानाकर्षण गराउनु भयो । यो पर्व चाहि कायस्थ समुदायमा अत्यधिक प्रचलित रहेकाले जनकपुरधाम लगायत देश-विदेशमा पनि भगवान चित्रगुप्तका पूजाआजा गरिने गरिएको छन् । यस सु-अवसरमा चित्रगुप्त सेवा समितिका प्रागंनमा कवि गाेष्ठि ,छात्रवृती तथा पुरस्कार वितरण कार्यक्रम तथा सन्ध्यामा सांस्कृतिक कार्यक्रमका आयाेजना हुने आयाेजकले जनाए ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

8 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

8 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले