श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
पौष १०, तामाकोशी ।
श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे भँगेरीमा रहेको सहकारीले १६ औ बार्षिक साधारण सभा वडा नम्वर ५ सहरेका वडा अध्यक्ष राजकुमार रोकाहाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सञ्जय खड्काको विषेश आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष मिन बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो । संस्थाका संचालक समिति सदस्य पार्वती घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन व्यवस्थापक रामकाजी खड्काले, ऋण उपसमितिको प्रतिवेदन संयोजक कुमुद राज योगीले, सचिवको प्रतिवेदन सचिव डोलबहादुर बस्नेतले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रामकृष्ण योगीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको कुल पुँजी ५ करोड ६० लाख ३३ हजार ४ सय ९८ रहेको छ । संस्थाले आर्थिक बर्ष २०७७-७८ मा सम्पुर्ण कारोबार समावेस पछिको खुद मनाफा ३ लाख ७० हजार ७ सय ६५ रुपयाँ ७३ पैसा कमाएको छ ।
संस्थाको १६ औं बार्षिक साधारण सभाको अवसरमा शंकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्रप्रसाद चौलागाई, तामाकोशी गाउँपालिका सहकारी समुन्वय समिति सदस्य कुवेर प्रसाद पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानिय बाल प्रतिभाले आफ्नो प्रतिभा प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाएका थिए । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सरकारी कर्मचारी, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
8 घन्टा पहिले
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..
8 घन्टा पहिले
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले