Janakpurdham
Fri, Sep 19, 2025
`

सर्लाहीमा गाडीको ठक्करबाट छठका बर्तालुको मृत्यु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मलङ्गवा,मंसिर ४ गते ।  सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएका  प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।साभार : अर्थपूर्ण

`
12 comments
मधेशका मुख्यमन्त्री- पार्टीमा स्पष्टीकरण दिन्छु, मुख्य..

जनकपुरधाम,असोज २ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामै आफूलाई परीक्षण गर्ने बत..

2 घन्टा पहिले

असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्ण..

काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रि..

2 घन्टा पहिले

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

1 दिन पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

1 दिन पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले