भारतबाट नक्कली प्रमाणपत्र किनेर गुल्मीमा स्वास्थ्यकर्मी र रुपन्देही शिक्षक सरकारी सेवामा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
रुपन्देही,मंसिर ८ गते । नक्कली शैक्षिक प्रमाणपत्र किनेर गुल्मीका स्वास्थ्यकर्मी र रुपन्देहीमा शिक्षक बन्ने दुई जना अख्तियारको फन्दामा परेका छन् ।भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।झुटा शैक्षिक योग्यता पेश गरेर सेवा प्रवेश गरेको भन्दै अख्तियारले विशेष अदालतमा उनीविरुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहालले जनाएका छन् ।
उनले किनेर ल्याएको शैक्षिक प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अहेव पदको विज्ञापन अन्तर्गतको परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट जारी भएको एसएलसी तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनौट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापना भई अहेब पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा ऐ। ऐनको दफा १६ को उपदफा ९१० वमोजिमको सजाय मागदावी गर्दै मुद्दा दर्ता गरिएको हो ।
यसैगरी रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रावि राहत शिक्षक डिलमाया कुमारी कंडेल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ ।कुमारी कंडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पदमा नियुक्त भएकोले आवश्यक कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कुमारी कडेलले नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएको खुलेको अख्तियारले जनाएको छ ।प्रवक्त भोला दाहालका अनुसार साबिक मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा ९, विष्णुपुरा, रुपन्देहीमा प्रावि राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाइस्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रावि राहत शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय मागदावी गर्दै अख्तियारले बिशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।साभार : नेपाल प्रेस
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
7 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
7 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
1 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 दिन पहिले