Janakpurdham
Sat, Aug 16, 2025
`

महोत्तरीमा श्रोत नखुलेको ८ लाख बढी रुपैयाँसहित दुई जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर ८ गते ।  महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा क्षेत्रबाट आठ लाख बढी रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सम्सी गाउँपालिका ३ का २८ बर्षीय रमेश कुमार साह र रामगोपालपुर नगरपालिकाका ३२ बर्षीय अनिल चौधरी छन् । उनीहरुबाट नेपाली रुपैया ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरिएको छ ।भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२(००६ प(१६२१ नम्बरको मोटरसाईकललाई चेकजाँच उनीहरुबाट सो रकम बरामद भएको र स्रोत खुलाउन नसक्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाका प्रहरी निरीक्षक सुवाश पहाडीले जानकारी दिए ।पक्राउ परेका दुबैजना , मोटरसाईकल र नगद रुपैया थप अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

2 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

2 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले