
जनकपुर न्यूरो अस्पतालमा बालकको मृत्यु घटना : १० लाखमा मिलापत्र
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,मंसिर ८ गते । उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै परिवार आन्दोलित भएपछि जनकपुर न्यूरो अस्पतालले १० लाख रूपैयाँ दिएर मिलापत्र गरेको खुलेको छ ।उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्नेमा प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको भन्दै आलोचनासमेत बढेको छ ।अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो ।डाक्टरको लापरबाहीले बालक जेम्सको मृत्यु भएको भन्दै उनका आफन्तले घटनाको छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै शव बुझ्न मानेका थिएनन् ।बालकका आफन्त वीरबहादुरले क्रिया खर्चबापत १० लाख रूपैयाँ दिने सर्तमा मिलापत्र भएको जानकारी दिए ।‘१० लाखको चेक दिएपछि राति नै शव बुझ्यौं’, उनले भने ।जिल्ला प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले मृतकका परिवार र अस्पतालबीच राति नै सहमति भएको बताए । सहमति के सर्तमा भएको कुरा थाहा नभएको र मृतकको शव राति नै परिवारले लगेको उनको भनाई छ ।साभार : नेपाल प्रेस

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले