Janakpurdham
Sat, Oct 17, 2026
`

जनकपुर न्यूरो अस्पतालमा बालकको मृत्यु घटना : १० लाखमा मिलापत्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर ८ गते ।  उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै परिवार आन्दोलित भएपछि जनकपुर न्यूरो अस्पतालले १० लाख रूपैयाँ दिएर मिलापत्र गरेको खुलेको छ ।उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्नेमा प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको भन्दै आलोचनासमेत बढेको छ ।अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो ।डाक्टरको लापरबाहीले बालक जेम्सको मृत्यु भएको भन्दै उनका आफन्तले घटनाको छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै शव बुझ्न मानेका थिएनन् ।बालकका आफन्त वीरबहादुरले क्रिया खर्चबापत १० लाख रूपैयाँ दिने सर्तमा मिलापत्र भएको जानकारी दिए ।‘१० लाखको चेक दिएपछि राति नै शव बुझ्यौं’, उनले भने ।जिल्ला प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले मृतकका परिवार र अस्पतालबीच राति नै सहमति भएको बताए । सहमति के सर्तमा भएको कुरा थाहा नभएको र मृतकको शव राति नै परिवारले लगेको उनको भनाई छ ।साभार : नेपाल प्रेस

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

7 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

7 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले