
इको भिलेजको स्थानीयकरणका लागि प्रदेश स्तरीय परामर्श बैठक सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, मंसिर ८ गते । दिगो विकास लक्ष्य प्राप्तिका लागि पर्यावरण मैत्री नमुना गाउँ(इको भिलेज)का लागि काम गरिरहेको ओरेक नेपालले शुक्रबार जनकपुरधाममा प्रदेश स्तरीय पराकर्श बैठक सम्पन्न गरेको छ । ओरेक नेपालका कार्यक्रम निर्देशक सुनिता मैनालीको अध्यक्षतामा भएको सो परामर्श बैठकमा बोल्दै सहभागीहरुले संचालनमा रहेको पर्यावरण मैत्री नमुना गाउँ कार्यक्रम अन्तरगत भैरहेको कामका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।ओरेक नेपालले कोशी तथा मधेश प्रदेशमा संचालन गरेको पर्याबरण मौत्रि नमुना गाँउ (ईको भिलेज)को अबधारण बिस्तार गर्दै दिगो बिकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने उदेश्यले सिराहा ,धनुषा महोतरी, सर्लाही जिल्लाको र कोशी प्रदेशका उदयपुर जिल्लाको बिभिन्न गाँउपालिका तथा नगरपालीकामा रहेका छन् । ती ११ वटा पालिका अन्तर्गत ईको भिलेजका सदस्यहरुले इको भिलेज कार्यक्रम अनतर्गत विभिन्न चरणहरुमा भएको कामको असरले दिगो विकास लक्ष्यका लागि हुने सहयोगका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएको ओरेक महोत्तरी जिल्ला संयोजक बिणा सिंहले जानकारी दिनुभयो । सो कार्यक्रममा मधेश प्रदेशमा रहेका कृषि भुमि ब्यबस्था तथा सहकारी मन्त्रालय उप—सचिब, जनकपुरधाम उपमहानगरपालिकाका उप—प्रमुख किशोरी साह तथा ईको भिलेज संचालन भएको पालिका का वडा अध्यक्षहरु सहित ५२ जनाको उपस्थिति रहेको थियो । प्रदेश स्तरिय परामर्श बैठक कार्यक्रम संचालन गरि बंैठकबाट आएको निष्कर्षहरुको आधारमा कोशी तथा मधेश प्रदेशको बिभिन्न स्थानिय तहमा रहेका पर्याबरण मौत्रि नमुना गाँउ(ईका)े भिलेजहरुको बिस्तार प्रबद्धन तथा आद्यावधिक योजना सहित घोषणको लागि प्रदेश तथा स्थानिय सरकार संग विभिन्न मागहरु राखिएको आयोजकले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले