Janakpurdham
Sat, Oct 17, 2026
`

४० करोड रकम हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर,मंसिर ९ गते ।  बचतकर्ताहरूको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका छन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन ।गएको साउनदेखि अम्बेले बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।उजुरी दिएपछि पटक पटक बचतकर्तासँग वार्ता भएको थियो । बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति भएपनि रकम फिर्ता गर्न नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।यसअघि तीन महिनायता बचत गरेको रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताहरू आन्दोलित बनेका थिए । बचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घर घेराउ समेत गरेका थिए ।पाँच हजार बढी सेवाग्राहीहरूको रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर सेवा सञ्चालन गरिरहेको छ ।यता सहकारीले भने व्यापार व्यवसायमा इतिहासमै ठुलो सङ्कट र बैङ्कमा तरलताको अभाव रहेको कारण बचत कर्ताहरूले मागेको बचत रकम एकै पटक फिर्ता गर्न नसकिएको जनाएको छ ।बजारमा लगाएको कर्जा समेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएको सहकारीको भनाई छ ।साभार : नेपाल प्रेस

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

7 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

7 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले