
प्रादेशिक अस्पताल जनकपुरमा सुत्केरीको मृत्यु, डाक्टरले लापरबाही गरेकाे आफन्तकाे आराेप
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,मंसिर ९ गते । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको आज विहान मृत्यु भएको छ ।अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती तजाबुल खातुनको मृत्यु भएको हो । बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ ।शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रह्यो । आज विहान उनको मृत्यु भएको छ । उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ ।मृतक महिलाकी आफन्तहरु अस्पतालमा रोइकराई रहेका छन् । उनीहरुले डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन् ।मृतकका देबर मोहमद साकिर राइनले चिकित्सकले गलत ढंगले शल्यक्रिया गरेकाले भाउजुको मृत्यु भएको आरोप लगाए ।ब्यथा सुरु भएपछि खातुनलाई उनको आफन्तले जनकपुर ल्याएर बैदेही अस्पतालमा भर्ना गराएको थियो । तर त्यहाँका चिकित्सकले सुत्केरी गराउन नसक्ने भनेपछि आफ्न्तले शुक्रवार दिउँसो प्रादेशिक अस्पताल ल्याए ।प्रादेशिक अस्पतालका चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाए । आफन्त तयार भएपछि चिकित्स्कले शल्यक्रिया गरेर बच्चा निकाले । तर २४ घण्टा नबित्दै खातुनको मृत्यु भएपछि डाक्टरहरु सम्पर्कविहिन बनेका छन् ।शल्यक्रिया कुन चिकित्सकले गरेको भन्ने कुरा खुल्न सकेका छैन् । अस्पतालले दिएको पूर्जामा डाक्टरको नाम उल्लेख हुनुपर्ने ठाउँमा ८–८ लेखिएको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामनरेश पण्डितसँग सम्पर्क गर्दा हुन सकेन ।घटनापछि अस्पतालमा ठूलो संख्यामा उनका आफन्त र गाउँले जम्मा भएका छन् । सुत्केरी महिला खातुनको शव अहिले अस्पतालमै छ । आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
साभार : नेपाल प्रेस

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले