कार्तिक पूर्णिमा र कमला-उत्तरवाहिनीको तीर्थाटन\'
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,मंसिर १२ गते । हिन्दू शास्त्रमा कार्तिक मासलाई पवित्र स्नान, दान, धर्म गरी पूण्य कमाउने एवम् मोक्ष प्राप्ति गर्ने महिनाको रूपमा उल्लेख गरेको पाइन्छ। विभिन्न खाले धार्मिक अनुष्ठानहरू जस्तो लक्ष्मी पूजा, छठ पूजा, हरिबोधनी-तुलसी विवाह, कार्तिक पूर्णिमा-कुमार पूजा आदि यसै मासमा पर्ने गर्दछ। यसमध्ये कार्तिक पूर्णिमा-कार्तिकस्नान र कार्तिक कुमार पूजाको छोटो चर्चा र स्थानीय उत्तराहिणी(उत्तरवाहिणी) मेला आजको यो आलेखमा समेटने सानो प्रयास गरिएको छ। हिन्दू शास्त्रमा पवित्र अनुष्ठान मानिने १२ पूर्णिमा(मलमासको समयमा कहिले १३ पनि हुने ) मध्ये कार्तिक पूर्णिमाको दिनलाई भगवान शिव-पूत्र कार्तिकेय(कुमार)को जन्मदिन र त्रिपुराशुर दैत्यको नाश भएको शुभदिनका रूपमा सम्झना गरिन्छ । यस पवित्र दिनमा चोखोनितो भई कुमार, लक्ष्मी आदिको आराधना गर्दा शक्ति, समृद्धिलगायतका मनोइच्छा पूरा हुने विश्वास छ। अत: यो शुभ दिनमा गंगा, कोशी, गण्डकी, कमला लगायतका पवित्र नदीहरूमा स्नान गरी मोक्ष प्राप्त गर्ने अभिलाषाका साथ श्रद्धालु भक्तहरूको ठूलो भिड लाग्ने गरेको छ। ती पवित्र नदीहरूमध्ये कमला-उत्तरवाहिणी स्नान र कार्तिक कुमारको पूजन कार्य पनि उल्लेखनीय छ। यसका लागि सिरहा र धनुषा जिल्लाको संगम एवम् हालको कर्जनहा नगरपालिका(सिरहा) वार्ड नं.१ मा पर्ने कमला उत्तरवाहिणी धाम निकै प्रशिद्ध छ। पूर्णिमा-स्नानका लागि सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर र भारत विहारबाट लाखौंको संख्यामा दर्शनार्थीहरू कमलाको उत्तरवाहिणी स्थानमा स्नान तथा मेला भर्न आउने गरेका छन्। पूर्णिमा स्नान पश्चात सक्नेले सोही नगीचको नन्दबाबाको कुटी रहेको सानो डाँडोमा गई नन्दबाबाको पनि दर्शन गर्ने गर्दछन् । 'नन्दबाबा'लाई ग्रामदेवताका रूपमा सो भेगका स्थानीयले पूज्ने गर्दछन्। स्थानीय किम्वदन्ति अनुसार उनी भगवान शिव तथा दुर्गाका उपासक थिए र निकै शक्तिशाली थिए। उनैले कमला नदीलाई आफूबसेको स्थानबाट बग्न नदिई विपरित दिशा अर्थात् उत्तरतर्फ बग्न जिरह गरेकोले कमला नदी सो स्थानमा दक्षिणबाट उत्तर बगेको जनविश्वाश छ। कमला नदीमा पूर्णिमा स्नान पश्चात् पूर्व-पश्चिम राजमार्गको बन्दीपुर(कर्जनहा न.पा.)मा निर्मित कार्तिकेय (भगवान कुमारजी)को मूर्तिमा दर्शन-पूजा गर्ने तथा सो स्थानमा लाग्ने स्थानीय मेला-जात्रा भर्ने चलन छ। धनुषा-सिरहाबाट सिन्धुली हुँदै रामेछाप तथा दोलखा, उदयपुर, ओखलढुंगा लगायतका जिल्ला प्रवेशको प्राचीन मार्गमा पर्ने यो स्थानमा स्थानीय जात्राको रूपमा वर्षौंदेखि प्रचलित सो पूर्णिमा मेलाको दिन सार्वजनिक विदा दिने, दर्शनार्थीहरूलाई मनोरञ्जनका लागि नाच कार्यक्रम, खेलकुद कार्यक्रम आयोजना गर्ने चलन छ। पूर्णिमा स्नान मेलाको अर्को सांस्कृतिक आकर्षण भनेको विभिन्न धार्मिक संगति र 'भक्ता'हरूले आफ्नो ज्ञानको शिद्धिका लागि गर्ने विविध भावभंगिमा पनि हो, जो हेर्न लायक हुन्छ। परम्परागत रूपमा नाच-गान गर्दै उत्तरवाहिणीमा पुगी स्नान गर्ने र शक्ति र समृद्धिका लागि आराधना गर्ने चलन छ। यसलाई कतै कहीं भूतमेलाको पनि नाम दिइएको छ। यसर्थ प्रस्तुत आलेख पढ्नुहुने सबै पाठकहरू प्रति कार्तिक-स्नानको चुले निम्तो वा यही समय मेला भर्न नसके अनुकूल समयमा भ्रमणका लागि आग्रह छ। निश्चय नै उत्तरवाहिणी क्षेत्रको स्थानीय स्तरमा ठूलो धार्मिक-सांस्कृतिक महत्व रहेको छ। कार्तिक स्नानलगायत, दाहसंस्कार एवम् विभिन्न मनोरञ्जन तथा पिकनिक स्थलका रूपमा समेत उत्तरवाहिणी क्षेत्रको महत्ता बढ्दै गएको छ। यस्ता पवित्र क्षेत्रलाई संरक्षण र प्रबर्द्धनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारले ठोस गुरूयोजना बनाई अघि बढ्न किञ्चित पनि विलम्व गर्न हुन्न। यसबाट सो क्षेत्रको सर्वाङ्गिण विकासमा टेवा पुग्न जाने कुरामा दुईमत छैन। - मोति गिरी कर्जनहा-२, बन्दीपुर।
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
7 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
7 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
1 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
1 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
1 दिन पहिले