
तमलोपाद्वारा संघीय गणतन्त्रवादी शक्तिहरुलाई एकजूट हुन अपील
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, मंसिर १२ गते। तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लालको अध्यक्षतामा जनकपुरधाममा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशका सबै संघीय गणतन्त्रवादी शक्तिहरुलाई गणतन्त्र संघीयता र लोकतन्त्र विरुद्ध भइरहेका षडयन्त्रहरु विरुद्ध एकजूट हुन आह्वान गरेको छ ।आज सम्पन्न तमलोपाको यस बैठकले मधेश प्रदेश सरकारसंग प्रदेशको उन्नति र विकासको निमित्त दृष्टि, रणनीति, योजना र प्रतिवद्धताको आभाव रहेको आरोप लगाउँदै वर्त्तमान प्रदेश सरकारले मधेश प्रदेशलाई कतातिर कुन दिशामा लान खोजेको हो, स्पष्ट छैन भनेको छ । तमलोपाले प्रदेशमा सुक्दै गएको कृषि व्यवसाय, बढ्दो बेरोजगारी र श्रमिकहरुको बढ्दो विदेशिने बाध्यता, शैक्षिक संस्थान र क्याम्पसहरुको गिर्दो स्थिति, प्रदेशमा आकाशिंदो भ्रष्टाचार, महंगो स्वास्थोपचार, गिर्दो व्यापार, निराश र थामिएका औद्योगिक उपक्रम आदिको बारेमा मधेश प्रदेश सरकारलाई सार्वजनिक रुपमा प्रस्तुत हुन मांग गरेको छ ।
त्यस्तै तमलोपाले भर्खरै सर्वोच्च अदालतको निमित्त ६ जना न्यायाधीशको भएको सिफारिसमा समावेशिताको संवैधानिक हकको परिपालना नभएको र भागबण्डा आधारित भएकोमा असंतुष्टि जाहेर गरेको छ । तमलोपाले राजनीतिक, प्रशासनिक र कूटनैतिक नियुक्तिहरुमा समावेशिताको हकको उल्लंघनले असमानताको खाँडल बढाउँदै लग्ने भन्दै कडा विरोध गरेको छ ।

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
2 दिन पहिले
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..
2 दिन पहिले
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
3 दिन पहिले