Janakpurdham
Sat, Oct 17, 2026
`

तमलोपाद्वारा संघीय गणतन्त्रवादी शक्तिहरुलाई एकजूट हुन अपील

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर १२ गते। तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लालको अध्यक्षतामा जनकपुरधाममा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशका सबै संघीय गणतन्त्रवादी शक्तिहरुलाई गणतन्त्र संघीयता र लोकतन्त्र विरुद्ध भइरहेका षडयन्त्रहरु विरुद्ध एकजूट हुन आह्वान गरेको छ ।आज सम्पन्न तमलोपाको यस बैठकले मधेश प्रदेश सरकारसंग प्रदेशको उन्नति र विकासको निमित्त दृष्टि, रणनीति, योजना र प्रतिवद्धताको आभाव रहेको आरोप लगाउँदै वर्त्तमान प्रदेश सरकारले मधेश प्रदेशलाई कतातिर कुन दिशामा लान खोजेको हो, स्पष्ट छैन भनेको छ । तमलोपाले प्रदेशमा सुक्दै गएको कृषि व्यवसाय, बढ्दो बेरोजगारी र श्रमिकहरुको बढ्दो विदेशिने बाध्यता, शैक्षिक संस्थान र क्याम्पसहरुको गिर्दो स्थिति, प्रदेशमा आकाशिंदो भ्रष्टाचार, महंगो स्वास्थोपचार, गिर्दो व्यापार, निराश र थामिएका औद्योगिक उपक्रम आदिको बारेमा मधेश प्रदेश सरकारलाई सार्वजनिक रुपमा प्रस्तुत हुन मांग गरेको छ ।

त्यस्तै तमलोपाले भर्खरै सर्वोच्च अदालतको निमित्त ६ जना न्यायाधीशको भएको सिफारिसमा समावेशिताको संवैधानिक हकको परिपालना नभएको र भागबण्डा आधारित भएकोमा असंतुष्टि जाहेर गरेको छ । तमलोपाले राजनीतिक, प्रशासनिक र कूटनैतिक नियुक्तिहरुमा समावेशिताको हकको उल्लंघनले असमानताको खाँडल बढाउँदै लग्ने भन्दै कडा विरोध गरेको छ ।

 

 

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

7 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

7 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले