
लोकतान्त्रिक आन्दोलनका योद्धा शर्माको निधन, कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेस झापाका पूर्वजिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्णानन्द शर्माको निधन भएको छ।शर्माको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका क्रममा सोमबार अपरान्ह ४ः३० बजे निधन भएको थियो। शर्माको कनकाई माईमा आज दाहसंस्कार गरिने बताइएको छ।लोकतान्त्रिक आन्दोलनका योद्धा शर्माको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।देउवाले त्याग, समर्पण र निष्ठाका एक अग्रज र प्रेरणादायी व्यक्तित्व एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको निधनले दुखित तुल्याएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ।बिपी कोइरालाको अनुयायी शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक गरी ६ वर्ष जेल र केही वर्ष निर्वासनमा बसेका थिए।वि.सं. २०१२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा होमिएका शर्मा पार्टी प्रतिवन्धितकालमा वि.सं. २०३९ देखि २०४२ सम्म झापाको सभापति रहेका थिए।साभार : काठमाडौं प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
1 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
1 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
1 दिन पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले