
सीताराम विवाह पञ्चमीको तयारी सुरु, सात दिनसम्म मनाइने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,मंसिर १३ गते । त्रेतायुगमा भगवान राम र माता सीताबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा भव्यताका साथ मनाइने विवाह पञ्चमीको तयारी सुरु भएको छ ।विवाह पञ्चमी यसवर्ष पनि सात दिनसम्म महोत्सवको रुपमा मनाइने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए । उनका अनुसार मंसिर २६ गते पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान राम पहिलोपटक मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ कार्यक्रम गरिन्छ ।विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर र पुस १ गते स्वयंवर तथा विवाह उत्सव आयोजना गरिनेछ । पुस २ गते रामकलेवा पश्चात विवाह पञ्चमी विधिवत समापन हुनेछ ।त्रेतायुगमा भगवान रामले शिव धनुषलाई भाँच्न सफल भएपछि माता सीतासँग विवाह भएको प्रसङ्ग रामायणमा उल्लेख छ । धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वंयवर जस्ता विवाहको सबै विधि अपनाउँदा त्रेतायुगकै झझल्को दिन्छ ।सीताराम विवाह पञ्चमी महोत्सव हरेकवर्ष जानकी मन्दिरले नै आयोजना गर्छ । यो महोत्सवमा सहभागी हुन भगवान रामको जन्मभूमि अयोध्याबाट सयौं साधुसन्त जन्तीको रुपमा आउने गर्छन् ।साभार : नेपाल प्रेस

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
2 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
2 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
2 दिन पहिले
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..
2 दिन पहिले
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
3 दिन पहिले